दोलखा १मंसिर ।नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघ दाेलखाले सदरमुकाममा रक्तददान गरेकाेछ ।
२६ पुरूष र ४ महिला गरी ३० जनाले रक्तदान गरि नेपाल रेडक्रस साेसाइटी शाखाकाे समन्वयमा ब्लड बैकमा बुझाएकाछन।
रक्दान जिवनदान मात्र नभई आफ्नो स्वास्थकाे लागि पनि अपरिहार्य छ ‘ बागमती सरकारका पुर्व वन तथा वातावरण मन्त्री विशाल खड्का भन्नुहुन्छ “रक्तदानले तपाईंलाई हृदयघात, स्ट्रोक जस्तो विरामीबाट सुरक्षित राख्छ , रगत पातलो हुन्छ, जो मुटुको लागि राम्रो मानिन्छ , शरीरमा आयरनको मात्रा सन्तुलित हुन्छ, जसले क्यान्सर र लिभरको समस्याबाट बच्नमा सहयोग गर्छ ।” ब्लड कतैपनि रगत अभाव हुन नदिन ‘रक्तदानमा युवाहरूको सहभागिता महत्त्वपूर्ण देखिन्छ । अध्यक्ष विमल ओलीको अध्यक्षतामा सम्पन्न भएको बृहत कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा जनप्रतिनिधि,युवा, बुद्धिजीवी लगाएतको उपस्थिती रहेको थियो।
Leave a Reply