जिविकाेपार्जनमा नायक र विपत्तिमा सारथीकाे भुमिकाका तल्लीन गाैरिशंकर पुस्तकालयकाे १७ औं साधारणसभा सम्पन्न

 पब्लिक संवाददाता      शनिबार, मंसिर १, २०८१      0

जिविकाेपार्जनमा नायक र विपत्तिमा सारथीकाे भुमिकाका तल्लीन गाैरिशंकर पुस्तकालयकाे १७ औं साधारणसभा सम्पन्न
दीपशंकर चाैलागाई
दाेलखा १ मंसिर ।गाैरिशंकर सामुदायिक पुस्तकालयकाे पुस्तकालयको १७ औं बार्षिक साधारणसभा सम्पन्न भएकाेछ । सुदृढ जोखिम ब्यवस्थापन तथा समावेशी आर्थिक सामाजिक विकास मार्फत समुदायको उत्थानशिलतामा अभिवृद्वि परियोजना अन्तर्गत सामाजिक लेखापरीक्षण कार्यक्रम समेत पुस्तकालयले आजै सम्पन्न गरेकाे हाे ।
परियोजना अन्तर्गत भयका क्रियाकलाप र आर्थिक प्रतिवेदनको प्रस्तुतीकरण सहजकर्ता जीवन लामाले गर्नुभएको थियो ।

पुस्तकालयले नागरिकलाई स्वाराेजार बनाएकाेछ ।आर्थिकरूपमा पारर्दशिता देखाउदै भुकम्पमा,काेभिडमा,प्राकृतिक विपदीमा,र विपन्न नागरिकको स्वास्थ ,शिक्षा मात्रै नभई लघु व्यवसाय संचालन गर्न गाैरिशंकर पुस्तकालयका कदमहरू काेसेढुङगा सावित भएका छन।
पवित्र उदेश्य रहेकाे संस्थाकाे १७ औ साधरणा सभाकाे उद्घाटन गर्दै बागमती प्रदेशका माननीय सदस्य भरत केसीले दाेलखाली नागरिक बिच गाैरिशंकर सामुदायिक पुस्तकालय स्वाजाेगार दिलाउने संस्था मात्र नभई विपद व्यवस्थापनकाे सारथि रहेकाे बताउनुभयाे ।दीनदुखीकाे पराेपकार नै पवित्र कार्य हाे माननीय केसीले भन्नुभयाे। पुस्तक पढी ज्ञान आर्जन गरेर समाजलाई सकारात्मक बाटाे तिर ढाेराउने उदेश्यले २१ बर्ष अघि देखि स्थापान गरेकाे पुस्तकालय नागरिक तहमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे बरिष्ठ कलाकार सामाजिक व्यक्तित्व मदनदास श्रेष्ठ बताउनुभयो ।


त्यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष दिपशंकर चाैलागाईले पुस्तकालयले भिमेश्वर नगरका केही वडाहरूमा मात्र जिविकाेपार्जन सम्बन्धि कार्यक्रम संचालन गरेकाे र आसपासका धैर वडालाई उपेक्षा गरेकाेले आगामी दिनमा सेवा बिस्तार गर्न संचालकहरूलाई अनुराेध गर्नुभएको छ।आमनागरिक ले पुस्तकालय भएकाे महसुस गर्ने दिन नलम्ब्याउन चाैलागाईले आग्रह गर्नुभयो ।
भिमेश्वोर नगरपालिकाका ईन्जिनियर सुरेश राउतले गाैरिशंकर पुस्तकालयकाे टिमले स्थानीय तहसंग समन्वय गरि नागरिक लाई सिर्जनशिल बनाउन नमुना काम गरेकाे चित्रण गर्नुभयाे ।
पुस्तकालयका अध्यक्ष कृष्ण बहादुर बस्नेतको अध्यक्षतामा कार्यक्रममा उहाँ ले भन्नुभयो पुरानो कोट लाउ, नयाँ पुस्तक किन भन्ने थोरोको उत्कृष्ट भनाईलाई मध्येनजर गर्दै गौरीशंकर सामुदायिक पुस्तकालयलाई नमुना पुस्तकालयको रूपपमा विकास गर्ने महान अभियानमा सबैको साथ सहयोगको अपेक्षा गरेकाेछु। १७ औं सम्म अाई पुग्दा पुस्तकालयकाे स्थापना तथा विकासमा सहयोग पुऱ्याउने पूर्व संचालकहरू, आजिवन सदश्यहरू, वर्तमान संचालक समिति, उपसमिति, कर्मचारीहरूकाे बस्नेत ले खुलेर प्रशंसा गर्नुभएको छ।

कार्यक्रममा भि.न.पा.-५ का वडा सदस्य एकमाया भुजेल र भिनपा २ कि सुन्दरी श्रेष्ठ,संस्थाका सदस्य गणेश श्रेष्ठ ,सचिव नवराज न्यौपानेले पुस्तकालय सिक्ने र सिकाउने केन्द्रकाे रूपमा रूपान्तरण भई रहेकाे धारणा व्यक्त गर्नुभयो ।

पछिल्लो समय नयाँ पुस्ताका केटाकेटी मोबाइल र ल्यापटपमा बढी झुम्मिन थालेका छन्। उनीहरूलाई मोबाइलबाट किताबमा तान्न पुस्तकालयले आफूलाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न जरुरी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *