बिकृतीका बिरूद्ध लड्ने ब्यक्तित्वलाई रास्वपाले बनायो  उम्मेदवार

 पब्लिक संवाददाता      बिहिबार, कार्तिक २९, २०८१      0

बिकृतीका बिरूद्ध लड्ने ब्यक्तित्वलाई रास्वपाले बनायो  उम्मेदवार

दीपशंकर चाैलागाई
दाेलखा २९ कात्तिक ।सामाजिक बिकृतीका बिरूद्ध अनवरत रूपमा लाग्ने युवा व्यक्तित्व गाेमा श्रेष्ठलाई
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाले गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका लागि उम्मेदवार बनाउने घाेषणा गरेकाे छ।


पत्रकार सम्मेलन गरि रास्वपा दोलखाले उम्मेदवारको नाम घाेषणा गरेको हाे ।रास्वपा दोलखाका सभापति दिनेश बस्नेतले गौरीशंकर गाउँपालिका –८ खारे घर भएकी श्रेष्ठ पार्टीको साधारण सदस्य एवम् समाजिक अभियान्ता समेत रहेकाे बताउनुभयो ।समाजिक न्यायका लागि लड्ने व्यक्तिकाे लाई जनताले चुन्नेछन बस्नेतले भन्नुभयो ।

पार्टीबाट श्रेष्ठलाई सर्वसम्मत उम्मेदवार घोषणा गरिएको रास्वपा दोलखाले जनाएको छ।
गाैरिशंकर गाउपालिकामा आैपचारिकरूपमा भाेलि शुक्रबारबाट निर्वाचन कार्यालय स्थापना गर्ने तयारीमा रहेकाे दाेलखाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो ।

आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आईतबार मनोनयन दर्ता हुँदैछ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *