श्रीमानकाे निधनले आँखा नओभाउदै ,पार्टीले उम्मेदवार बनाएकी पासदिकी लाेकप्रिय शक्तिशाली उमेदवार भएकाे प्रारम्भिक सर्वेक्षण

 पब्लिक संवाददाता      मङ्लबार, कार्तिक २७, २०८१      0

श्रीमानकाे निधनले आँखा नओभाउदै ,पार्टीले उम्मेदवार बनाएकी पासदिकी लाेकप्रिय शक्तिशाली उमेदवार भएकाे प्रारम्भिक सर्वेक्षण
पब्लिक समाचार ब्युरो
दोलखा,२८ कार्तिक । लाेकप्रिय हुन जे बिक्छ चुनावमा त्यही बाेल्ने झुट प्रबृतीकाे अत्यन्त भएकाे सहजै अनुमान गर्न सकिन्थ्यो गाैरिशंकर ७ मार्बुमा चुनाव प्रचार प्रसार अभियानमा हेर्दा । पपुलिजम हाम्रो निर्वाचन संग जाेडिएकाेछ।

चुनावमा जाने बेला र घाेषणापत्रमा बढी लाेकप्रिय बिषय उठाएर जनताको आँखामा छाराे हाल्ने हरूका बिच प्रत्यक्ष अवलाेकन गर्दा नेपाली कांग्रेसकाे तर्फबाट गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पदकाे उम्मेदवार पासदिकि शेर्पा तमाङले जनताकाे जिविकाेपार्जन संग जाेडिएका टाेल,गाउँका समस्य समधान गर्ने ,दुखसुखमा सारथि बनिरहेकाे र यसलाई जिवनपराेन्त सम्म राखी राख्ने प्रतिबद्धता जाहेर गर्दै मत माग्नुभएकाे छ ।


ढाँट्ने,छल्ने र जनतालाई बेकुप बनाउने सामन्तलाई परास्त गर्न तपाईंकै सेवाका लागि ,तपाईंहरूकाे हितका लागि रूख चिन्हमा मतदान गर्नुस,सधै संगै हातेमालो गरेर अघिबढ्नु पर्छ कांग्रेसकि उम्मेदवार पासदिकिले अपिल गर्नुभयो ।

घरदैलो अभियानमा आफ्नो श्रीमान श्यामसुन्दर तमाङकाे अल्पआयुमा निधन भएपछि उहाँको सपना सकार पार्न उपनिर्वाचनमा उपाध्यक्ष पदकाे उमेद्धार बनेकाे पासदिकीले बताउनुभएकाे छ।

गुम्बा,चैत्य,मठमन्दिर,पिच सडक,सुरक्षित विजुलीकाे पाेल,अस्पताल ,कजेल र खेलकुदका हल संगै जनतालाई सिर्जनासिल बनाई बाँझो खेतमा सुन फलाउन कृषिका याेजना बास्तविक कृषक सम्म पुराउने स्वार्गिय श्यामसुन्दर तमाङकाे सपना पूरा गर्ने गाैरिशंकर गाउँपालिकाकाे उपाध्यक्ष बन्ने लागेकाे पासदिकिले जानकारी दिनुभयो । श्रीमानकाे निधनले आँखा नओभाउदै नेपाली कांग्रेस पार्टीले पासदिकीलाई उपनिर्वाचनमा उम्मेदवार बनाएकाे बिगतका दिनमा जुन पार्टीमा भाेट हाले पनि यस पटक रूख चिन्हमा भाेट हालेर पासदिकिलाई जिताउने अभियान धेरैजान लागि रहेकाे नेपाली कांग्रेस नेता एवम कांग्रेसका चुनावी कमाण्डर बिमल आचार्यले बताउनुभयो ।घरदैलो अभियानमा नेकपा एमाले,नेकपा माओवादी केन्द्रका पार्टी छाेडि नेपाली कांग्रेस प्रवेश गर्नेकाे लर्काे लागेकाे ले निवार्चनमा पासदिकी शेर्पा तमाङकाे जित सुनिश्चित छ आचार्यले दाबि गर्नुभयो ।


घरमा नभएका तर मेलापात गरिरहेका धान थन्काउन बेस्त रहेका जनतालाई खेतिबारीमा नै पुगेर मत माग्न छुटाएका छैनाैं उहाँले भन्नुभयाे।घरमा नभएका तर मेलापात गरिरहेका धान थन्काउन बेस्त रहेका जनतालाई खेतिबारीमा नै पुगेर मत माग्न छुटाएका छैनाैं ,जनता भावबुक बनेकाे अबस्था पाएकाे छु,विश्वास दिलाउनुभएकाे छ जित हाम्रो हुने छ, नेपाली कांग्रेसका नेता टेण्डुशेर्पा शेर्पा भन्नुभयाे ।

मुख्य दलहरुले उम्मेदवारको नाम टुंग्याएर घरदैलो अभियान थालेका हुन् । कांग्रेसले तामाङकी श्रीमती पासादिकी तामाङलाई उम्मेदवार बनाएर चुनावी अभियान थालेको छ । यस्तै, एमालेले उमा शेर्पालाई उपाध्यक्ष पदका लागि सर्वसम्मत उम्मेदवार बनाएको छ । एमालेले पनि चुनावी अभियान थालेको छ । यस्तै, माओवादी केन्द्रले निमलेकी शेर्पालाई उम्मेदवार बनाएर चुनावी अभियान थालेको छ । अर्को दल एकीकृत समाजवादीले रविना खड्कालाई उम्मेदवार बनाएको छ । राप्रपाले पनि मनकुमारी श्रेष्ठलाई उम्मेद्धार बनाएर घरदैलो थालेकोछ। मुख्य प्रतिस्पर्धी कांग्रेस, एमाले र माओवादी केन्द्रले शेर्पा समुदायका महिलालाई चुनावी मैदानमा उतारेका छन् । चुनावी मैदानमा होमिएका तीनै महिला उम्मेदवार शेर्पा समुदायकै रहेका छन् ।कांग्रेसको उम्मेद्धार तमाङसँग बिहे गरेपनि शेर्पा समुदायकी छोरी हुन् । गएको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन बनाएर चुनाव लडेका थिए । उपनिर्वाचनमा भने मुख्य दलहरु एक्ला–एक्लै चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । २०७९ को निर्वाचनमा गौरीशंकर गाउँपालिकामा अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । ९ वडा र १२ वटा मतदान केन्द्र रहेको गौरीशंकरमा १५ हजार ३४१ मतदाता छन् ।
गौरीशंकर गाउँपालिकाको रिक्त उपाध्यक्ष पदमा कांग्रेस, एमाले र माओवादी केन्द्र बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *