३४ बर्षिय महिला अधिकारकर्मी मन कुमारी बनायाे राप्रपाले उप प्रमुखकाे उमेदवार
पब्लिक समचारदाता
दाेलखा २५ कात्तिक ।दोलखाको गौरिशंकर गाउँपालिकामा आगामी मंसिर १६ गते हुने उप निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी दाेलखाले सर्वसम्मत रुपमा मनकुमारी श्रेष्ठलाई उपप्रमुख पदमा उम्मेदवारी बनाउने निर्णय गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी दाेलखाले विभिन्न चरणमा पार्टि कमिटीले आकाङ्क्षीहरुसङ्ग छलफल गरेर सर्वसम्मत रुपमा उम्मेदवारको टुंगो लगाएको राष्ट्रिय प्रजातन्त्र पार्टी दाेलखाका अध्यक्ष बिष्णुश्रेष्ठले बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी दाेलखाले आईतवार बसेको वैठकले मनकुमारीश्रेष्ठलाई उम्मेदवरको छनोट गर्दै नरेन्द्र जाेशीकाे संयोजकत्वमा २१ सदस्यीय निर्वाचन परिचालन कमिटी समेत गठन गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी दाेलखाका संस्थापक एवम जिविसका पुर्व सभापति सुन्दर प्रकाश खड्का ,केन्द्रीय सदस्य रञ्जन कार्की ,पुर्व अध्यक्ष बलबहादुर तमाङकाे उपस्थितिमा राष्ट्रिय प्रजातन्त्र पार्टी दाेलखाकाे बैठकले उम्मेदवार छनाैट गरेकाे अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
गौरिशंकर गाउँपालिका वडा नम्वर ५ सुरी निवासी ३४ बर्षिय मनकुमारी राजनीति संगै समाजिक क्षेत्रमा लाेकप्रिय महिला नेतृकारूपमा परिचित हुनुहुन्छ ।
राजनीतिक पृष्टभुमि संगै महिला अधिकारकर्मीका रूपमा सामाजिक सेवा गर्दै आउनुभएकी श्रेष्ठकाे उम्मेदवारीले आगामी मंसिर १६ गते हुने उप निर्वाचनलाई ससक्त र अर्थपूर्ण रूपमा हेरिएको स्थानीयवासीहरूले बताएकाछन। शेर्पाकाे मात्र उम्मेदवारी दिने चर्चा चलिरहदा राष्ट्रिय प्रजातन्त्र पार्टीकि मनकुमारी श्रेष्ठको उम्मेदवारीलाई विशेष ढंगले हेरिएको छ।
Leave a Reply