छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भिमेश्वर रंगशालामा सुरू,स्वार्गिय भिमबहादुरकाे सपना पूरा गरेर छाेड्ने आर्थिक मामिला मन्त्री काफ्लेकाे भनाइ
दीपशंकर चाैलागाई
दोलखा२३ कात्तिक । भीमेश्वर नगरपालिकाको अन्तर विद्यालय स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ आजबाट सुरु भएको छ । भिम उच्च माध्यमिक विद्यालयकाे ब्यवस्थापनमा सदरमुकाम चरिकोटस्थित भीमेश्वर रंगशाला (टुँडिखेल) प्रतियोगिताको प्रारम्भ भएकाे हाे ।
प्रतियाेगताकाे बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले उद्धघाटन गर्नुभयाे। मन्त्री काफ्लेले नेपाली कांग्रेसका आदर्श पुरूष स्वार्गिय भिमबहादुर तमाङले सुरु गर्नुभएकाे भिमेश्वर रंगशाला निमार्णकाे काम आफुले पूरा गर्ने बताउनुभयो । विगतका दिनमा टुडिखेललाई बिस्तार गरि आज रंगशालाकाे रूपमा पुराउन अग्रज व्यक्तिवले खेलेकाे भुमिकाकाे मन्त्री काफ्लेले खुलेर प्रशंसाा गर्नुभयाे।
कृकेट, भलिबल ,फुटबल ,कपर्दी र मार्सल आर्टका गेमहरूका विश्वमा आफुलाई शक्तिशाली राष्ट्र हु भन्ने हरूलाई समेत पराजित गरि नेपालीकाे शिर उच्च राख्न खेलाडीहरू सफल रहेकाेले यसलाई थप उर्जा दिने सरकारले कार्यक्रम ल्याउनुघाेषणा गर्नुभयो । खेलकुद क्षेत्रकाे विकासको लागि संघ प्रदेश र स्थानीय सरकार अझै बढी सम्वेदनशिल हुनुपर्दछ काफ्लेले भन्नुभयो ।
खेलकुद क्षेत्रको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको दाबि गर्नुभयो ।
प्रतियोगिताको उद्धघाटन कार्यक्रममा प्रदेश सांसद भरत केसी दाेलखा जिल्लालाई खेल पर्यटनका रूपमा विकास गरेर लैजान सक्ने अबस्था रहेकाे बताउनुभयो ।उहाँले अन्तर्राष्ट्रिय स्तरका प्रतियाेगिता संचालन गर्न पुर्वधारहरू बनाउन बाँकी रहेकाेले यसलाई पूरा गर्न आफु फागी पर्ने बताउनुभयो ।
र्भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले राष्ट्रका लागि खेलकुद स्वास्थका लागि खेलकुद भन्ने नारालाई सफल बनाउन आफ्नो नेतृत्वको नगरपालिका काे टाेली लागि परिरहेकाे जानकारी दिनुभयो ।
मानन्धरले भन्नुभयो बिगतका दिनमा प्रतियाेगिता गराउने भिमेश्वर रंगशाला लथालिङ पारे राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता समेत गराउन नसक्ने हरूका लागि आफ्नो नेतृत्वकाे भिमेश्वर नगरको जनप्रतिनिधि र कर्मचारीहरूकाे टिमले भिमेश्वर रंगशालालाई याे अबस्थामा ल्याएकाे दाबि गर्नुभयाे । अब छिटै नै कबर्डहल संचालनमा ल्याउने मेयर मानन्धरले उद्घाेष गर्नु भयाे ।
भिमेश्वर नगरपालिका काे आयोजना र भिम उच्च माध्यमिक विद्यालयकाे कुशल ब्यवस्थापन संचालित उद्घाटन कार्यक्रम लाई नेपाली कांग्रेस दाेलखाका सभापति बर्मा लामा,नेकपा माआवादी केन्द्रका प्रबक्ता पुष्कर अधिकारी,रास्वापा दाेलखाका सचिव रमेश श्रेष्ठ ,राप्रपा दाेलखाका कार्यवाहक अध्यक्ष बिष्णु श्रेष्ठ ,राप्रपा नेपाल दाेलखा अध्यक्ष नवराज श्रेष्ठ, भिमेश्वर नगरपालिकाकाे उपप्रमुख कमला बस्नेत ,भिमेश्प्मुख जिल्ला अधिकारी शिवराम गेलाल,नेपाल पत्रकार महासंघ दाेलखा अध्यक्ष दिपशंकर चाैलागाई ,शैक्षिक व्यक्तित्व सुन्दर खड्का लगायतले सम्बाेधन गर्नुभएको थियोे ।
आगामी मंगलबारसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिका भित्रका १९ वटा विद्यालयको सहभागिता रहेको छ ।प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, दौड, रिले दौड, हाईजम्प लङजम्प लगाएतका खेल हुनेछ ।
Leave a Reply