प्रभु बैंकले सुरू गर्याे एटीएम सेवा ,दाेलखाकाे उतरी क्षेत्रकाे राजधानी सिंगटीमा
पब्लिक समाचारदाता
दाेलखा १७ कात्तिक । दाेलखाका उतरी क्षेत्रकाे राजधानी सिंगटीमा प्रभु बैंकको एटिएम सेवा सुरू भएको छ।कालिञ्चाेक गाउँपालिका ३ का अध्यक्ष दलबहादुर तमाङले एटिएम उद्घाटन गरेका हुन ।
तमाङले आम सर्वसाधरणकाे सहजताका लागि एटीएम सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयाे ।
आफ्नो ग्राहक महानुभावहरुको सुविधाको मध्यनजर राख्दै घन्टौं सम्म बैंकमा लाइन बसी नगद झिक्नु पर्ने वध्यतालाई अन्त्य गर्न एटिएम सेवा सुचारु गरेकाे अध्यक्ष तमाङले बताउनुभयो ।प्रभु बैंकले आगामी दिनहरुमा स्थानिय क्षेत्रको आर्थिक विकासको लागि विशेष योगदान सहितका कार्यक्रमलाई अगाडि लैजाने आशा सहित वैकंको उत्तोरउत्ततर प्रगतीको तमाङले शुभकामना दिनुभएको छ।
ATM ले सम्पूर्ण ग्राहक महानुभावहरुलाइ फाईदा पुग्नुको साथै शाखा कार्यलय भित्र अनावश्यक भिडभाड नहुने र समयको बचत समेत हुनेछ सिंगटी शाखाका प्रबन्धक दिपेन्द्र खड्काले भन्नुभयो ।
बैंकको सिंगटी शाखा कार्यालयको ATM मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले सरल र सहज ढङ्गले नगद झिक्ने सुविधा उपभोग गरी लाभान्वित हुने समाजसेवी ब्यपारी बाेधराज श्रेष्ठले जानकारी दिनुभयो ।
बैंकको सिंगटी शाखा कार्यालयको ATM समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उर्पास्र्थात रहेको थियो ।
Leave a Reply