कालिञ्चाेककाे बृहतर विकास लाग्याे ब्यबस्थापन समिति / सदरमुकाम चरिकाेटमा पत्रकार सम्मेलन

 पब्लिक संवाददाता      बिहिबार, कार्तिक १५, २०८१      0

कालिञ्चाेककाे बृहतर विकास लाग्याे ब्यबस्थापन समिति / सदरमुकाम चरिकाेटमा पत्रकार सम्मेलन पब्लिक समाचारदाता दाेलखा १५ कात्तिक ।कालिञ्चाेक मन्दिर क्षेत्र काे बृहतर विकासकाे लागि दाेलखाकाे स्थानीय प्रशासनले आधिकारीता दिएकाे भगवती मन्दिर ब्यवस्थापन समितिले काम सुरू गर्ने भएकाे छ ।

भक्तजनहरूकाे उपयुक्त ब्यबस्थापनकाे लागि स्वास्थ्यकर्मीकाे समेतकाे संग्लनतामा अक्सिजन सिलिन्डर राखी आकस्मिक सेवा प्रदान गर्ने निर्यण गरेकाे कालिञ्चाेक भगवाती मन्दिर ब्यवस्थापन समिती अध्यक्ष चन्द्रकुमार तमाङले जानकारी दिनुभयो । आज दाेलखा सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन गरि भगवती ब्यवस्थापन समितिले साे कुरा जानएकाहुन । अध्यक्ष तमाङले भन्नुभयो “स्थानियहरुको परापुर्वकाल देखीको परम्परा अनुसार कालिन्चोक भगवती मन्दिरको उधौली उभौली पर्व अनुसार जनै पुर्णिमाको अवसरमा निशुल्क भक्तजनहरुलाइ चौरिको दुधबाट बाट बनेको खिर खुवाउने, साथै कालिन्चोक भगवती मन्दिरको संरक्षण संवर्द्धण व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी स्थानीयद्वारा गठित समितिले लिने छाै । व्यवस्थापन समितिका अध्यक्ष चन्द्र कुमार लामाले मन्दिरमा वरपरका पर्यटकले फोहोरमैला गर्दा उक्त फोहोरमैलाको लागि व्यवस्थापनका लागि शुल्क उठाउने निर्णय गरेको बताए। जिल्ला प्रशासन कार्यलयले भेटी सङ्कलनको लागि ठेक्का लगाउदा, प्राचीन सममयमा चढाइएको बहुमुल्य गरगहना, त्रिशूल, घण्टि हराएको कारण व्यवस्थापन समितिले केही रकम ऋण लिएर काडेतार, सिसि क्यामेरा जडान गर्ने निर्णय पनि गरेको छ।कालिन्चोक क्षेत्रमा कति पर्यटक भित्रीन्छन त्यसको एकिन तथ्याङ्क राख्न, कालिन्चोक क्षेत्रमा आउने धार्मिक पर्यटकहरुको सुझाव अनुसार मन्दिर परिसर भित्र अनुभवी स्वास्थ्यकर्मी राखी अक्सिजन सिलिण्डरहरु समेत राख्ने ,कालिन्चोक मन्दिर परिसर भित्र तथा यस आसपासका क्षेत्रमा फोहोरमैला व्यवस्थापनको लागि, मन्दिर दर्शन गर्न आउने भक्तजनहरु‌को भिड व्यवस्थापन गर्नको लागि मन्दिरमा दैनिक पुजा गर्नको लागि पण्डित सहित ६ जना कर्मचारी नियुक्त गर्ने भएको छ। त्यस्तै भक्तजनको सहजताको लागी सूचना बोर्ड राख्ने निर्णय गरेको समितिका अध्यक्ष लामाद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *