दाेलखा कांग्रेसकाे सहि समयकाे सहि निर्णय

 पब्लिक संवाददाता      आइतवार, कार्तिक ११, २०८१      0

दाेलखा कांग्रेसकाे सहि समयकाे सहि निर्णय

पब्लिक समाचार ब्युरो
दाेलखा ११ कात्तिक ।युवामा जोस, जाँगर र साहस बढी हुन्छ।यो उमेरको उपहार हो। ज्ञान, सीप र सोच अब्बल हुन्छ। कल्पनाशील, सिर्जनशील र उत्पादनशील हुन्छन्। जीवनको उर्वर समयले हो। युवामा प्रतिस्पर्धा गर्ने आँट बढी हुन्छ। अरूलाई हेर्ने, सुन्ने र बुझ्ने धैर्य हुन्छ। युवामा भिड्ने, डट्ने र खट्ने गुण हुन्छ। सायद यो समयको महत्त्व बुझेर हाेला, नेपाली कांग्रेसले ने वि संघ दोलखाका पुर्व अध्यक्ष , जननिर्वाचित तामाकोसी पालिका १का पुर्व वडा एवम नेपाली कांग्रेस जिल्ला कार्यसमिति दाेलखा पुर्व सदस्य नेता महेश काफ्ले लाई नेपाल लोकतान्त्रिक खेलकुद सघं दोलखाका अध्यक्ष बनाएको ।नेपाली कांग्रेस दाेलखाकाे ध्यान युवामा गएकाेमा धन्यवाद छ कांग्रेसलाई। अनि हार्दिक बधाई युवा नेता काफ्लेलाई ,सफलकार्यकालको शुभकामना ||नेपाली कांग्रेसका प्रतिष्ठाका धराेहर पृथ्वी बहादुर काफ्ले यस धर्तीमा नरहेको पनि उहाँले देखाकाे राजनैतिक गाेरेटाे नछाेडि अनवरत रूपमा नागरिकको सेवामा सर्मपित माईला छाेरा महेश्वर काफ्लेमा राजनैतिक त्रृण क्षमता रहेकाे छ।उनीमा पहिलो, व्यक्ति प्रविधि–साक्षर ,दोस्रो, संस्कृतिमा संवेदनशील ,तेस्रो, नागरिक केन्द्रित र चौथो, विकासवादी गुण र क्षमता छ।वास्तवमा काफ्लेको क्षमता तथाभूमिकालाई कांग्रेस दाेलखाकाे सांगठनिक जीवनमा जोड्न जरुरी छ। उनको नेतृत्वले नै कांग्रेसको उज्ज्वल भविष्यको अगुवाइ गर्नेछ ।प्रतिपक्ष संग प्रतिस्पर्धामा युवाले अवसर पाउँदा दाेलखा कांग्रेस शिर उच्च हुनेछ ।

आफ्नो सिद्धान्त, दर्शन, विचार र कार्यक्रमबाट जनतालाई आफूतर्फ आकर्षित गर्ने र नागरिकलाई आफ्नो पक्षमा सुरक्षित गर्ने ल्याकत राक्न सक्ने युवा नेता हुन काफ्ले ।अहिले परिवर्तित समयमा जनताको मनोविज्ञान चिह्न चिन्ने मात्र होइन, उम्मेदवारमै केन्द्रित हुने अबस्था आइसकेकाे छ । युवाकाे चरित्र, क्षमता, दूरदर्शिता, इमानदारिता, निष्ठा, मेहनत, कर्मशीलता र जनताको सेवामा रमाउने गुण आदि विचार गर्नेतर्फ समाजलागि सकेको छ । अब नेपाली राजनीति युवामुखी हुनुपर्नेतर्फ धकेलिरहेको देखिन्छ।नेपाली जनताकाे सुरक्षा, न्याय र विकासको लाभ सहज रूपमा प्राप्त होस् भन्ने चाहना युवा नेतृत्व विना सम्भव देखिदैन । ६८ बर्ष भन्दा बढी उमेरका लाई युवा नेता भनेर दास प्रवृतीकाे राजनैतिक गुलाम बन्दा दृष्टिले पनि विभेद, असमानता र बञ्चितीकरणको डोब पुरिन नसकेको हाे । त्यसैले नागरिकमा निराशा छ। जसलाई चिन्ने र चिर्ने ल्याकत राख्ने युवा नेताले नै हो। असल व्यक्तिलाई नेतृत्वमा पुर्‍याउने अवसर समयमा प्राप्त हुनेछ । सहि समयमा सहि निर्णय गरेकाेमा दाेलखा कांग्रेसका सभापति बर्मालामा र समग्र स्वाभिमानि कांग्रेसलाई नागरिक तर्फबाट सल्यालुट छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *