
प्रजातन्त्र सेनानी संघकाे अध्यक्षमा मानन्धर ,
पब्लिक समाचारदाता
दाेलखा १० कात्तिक । नेपाल प्रजातन्त्र सेनानी संघ दाेलखाकाे दाेस्रो जिल्ला अधिवेशनले प्रदीप नारायण मानन्धर अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दहाल प्रमुख आतिथ्यता भएकाे दाेस्रो जिल्ला अधिवेशनले उपाध्यक्षमा नवराज न्याैपाने, सचिवमा गणेश कुमार श्रेष्ठ ,सह सचिवमा तुङ्गराज आचार्य ,सदस्यमा शरण कुमार प्रधान,महाेन भण्डारी ,रतिराम शिवाकोटी ,कृष्णप्रसाद शिवाकोटी ,डम्बर बहादुर तमाङ,काेमल बहादुर कार्की चयन गरेकाे सचिव गणेश कुमार श्रेष्ठ जानकारी दिनुभयो ।
अधिवेशनले उदवराज काफ्ले ,कृष्ण प्रसाद शिवाकोटी र शान्तकृष्ण श्रेष्ठलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन गरेकाे नेपाली कांग्रेस दाेलखाले जनाएको छ ।
नेपाल प्रजातन्त्र सेनानी संघ दाेलखाकाे दाेस्रो जिल्ला अधिवेशनमा जिवनकाे लामाे समय सामाजिक काम गरि समाजिक न्याय लागि अनवरत रूपमा लाग्ने नेपाली कांग्रेस का प्रतिष्ठाका धराेहर दुर्गाप्रसाद उप्रेती बैत्यश्वर ६,शान्ताकृष्ण श्रेष्ठ भिनपा २ , तुङ्गराज आचार्य गाैरिशंकर ८ र कमल प्रसाद चाैलागाई भिनपा ४ लाई प्रजातन्त्र सेनानी बाट सम्मान तथा अभिनन्दन गरिएकाे नेपाली कांग्रेस दाेलखाका पार्टी सभापति बर्मा लामाले बताउनुभयो ।
तदर्श समितिका अध्यक्ष प्रदीप मानन्धरकाे सभापतित्वमा भएकाे उद्घाटन समारोहलाई नेपाल प्रजातान्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दहाल,नेपाली कांग्रेस दाेलखाका सभापति बर्मा लामा,
नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य एवम बागमती प्रदेशका संयाेजक गाेपाल गिरी,नेपाल प्रजातन्त्र सेनानी संघ केन्द्रीय सदस्य एवम निर्वाचन प्रतिनिधि विश्वनाथ काेईराला,नेपाल प्रजातन्त्र सेनानी संघ केन्द्रीय सदस्य रूद्र बहादुर खड्का ,नेपाली कांग्रेसका नेता कृष्णप्रसाद शिवाकोटी ,नेपाली कांग्रेस दाेलखा उपसभापति अर्जुन शिवाकोटी ,नेपाली कांग्रेस दाेलखाका नेता ताराकुमार खड्का ,नेपाली कांग्रेस दाेलखा प्रवक्ता राकेश श्रेष्ठ ,लाेकतान्त्रीक खेलकुद महासंघ दाेलखाका अध्यक्ष एवम नेपाली कांग्रेसका लाेकप्रिय युवा नेता महेश काफ्ले ,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा,जिल्ला समन्वय समिति सदस्य मेनुका चाैलागाई ,
नेपाल प्रजातन्त्र सेनानी संघ दाेलखाका उपाध्यक्ष नवराज न्याैपाने लगायतले सम्बाेधन गर्नुभएको थियोे ।
Leave a Reply