
लाेकल्याणकाे लागि शैलुङकाे सय थुम्कामा गुरू रेम्बाेर्छेले गरे पाँचदिने पुजा
पब्लिक समाचारदाता
दाेलखा ,कात्तिक ६ ।देशमा मानविय र भुमिकाे क्षति भएकोले नहाेस भन्दै लाेककाे कल्याणकाे लागि शैलुङगुम्बामा रहेकाे लामागूरू रेम्बाेर्छेहरूले गुफा बसी पाँचदिन पुजा गर्नुभएको छ।
१३जान लामा गुरूहरू एक महिना गुफा बसी पाँच दिन सम्म पुजा गरि बुधबार सम्पन्न गर्नुभएकाे हाे ।
पहिराे ले जमिन छिया छिया पारेकाे ,मानविय क्षति भएकाे देखेर यसबाटमुक्त रहन लाेककल्याणकाे लागि पुजा गरेकाे शैलुङकाे थुम्कामा रहेकाे गुरु रेम्बाेर्छे साेनाम लामाले बताउनुभयो ।
शैलुङकाे सय थुम्काकाे अवलोकन गरि मनमाेहक आन्नद लिन आउने आमनागरिकले पानी बाेकेर शैलुङकाे टुप्पामा आएकाे देखेकाेले सबै नागरिककाे लागि गुम्बाले पिउने पानी उपलब्ध गराएकाेले फेदाबाट पानी नल्याउन समेत जनहितका लागि गुरु रेम्बाेर्छेले अपिल गर्नुभएको छ।१० बर्ष अघि शैलुङकाे सय थुम्कामा छाेतेन निमार्ण गरि ३ बर्ष देखि गुम्बामा बिहान सङघ् ,दिउसाे आयु लम्ब्याउने,बेलुकी महाताला पुजा गर्ने गरिएकाेछ। दोलखाको शैलुुङस्थित ‘सय थुम्का’ देशकै रमणीय पर्यटकीयस्थलका रूपमा परिचित छ ।समुन्द्री सतहबाट करिब तीन हजार चार सय मिटर उचाइमा अवस्थित ‘सय थुम्का’ जिल्लाको दक्षिण, पश्चिममा पर्छ । शैलुङ डाँडा प्रकृतिका हिसाबले मात्रै सुन्दर नभई धार्मिकस्थलका रूपमा पनि प्रसिद्ध छ । यहाँ जनैपूर्णिमा, बालाचतुर्दशी, बाह्रवर्षे मेलाजस्ता चाडपर्वमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।
शैलुङ डाँडामा एक सय वटा मनमोहक थुम्का छन् । तिनै थुम्काथुम्कीलाई सय थुम्की भनेर पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको हो । ती प्रत्येक थुम्काबाट पर्यटकले आकर्षक दृश्यावलोकन गर्न पाउँछन् । शैलुङ नाम तामाङ भाषाबाट राखिएको हो । स्थानीयका अनुसार तामाङ भाषामा ‘शै’ भनेको सय र ‘लुङ’ भनेको थुम्का भन्ने बुझिन्छ ।
शैलुङको अर्को महत्वपूर्ण विशेषता भनेको यहाँको चौँरीको दूधका परिकार हुन् । यहाँका प्रायः सबै स्थानीयले चौँरीपालन गर्छन् । चौँरीको दूधबाट उनीहरूले मीठो छुर्पी, चिज उत्पादन गर्छन् । ती उत्पादन विभिन्न ठाउँमा लगेर बिक्री गरिन्छ । यहाँको चर्चित मुडेको आलु बिक्री केन्द्र मुडे भए पनि उत्पादित क्षेत्र शैलुुङ हो । स्थानीयले भेडाबाख्रा पाल्ने गरेका छन् । शैलुङमा व्यावसायिक तरकारीखेती गरिन्छ । लेकको चिसो हावापानीमा उत्पादित आलुु, काउली, बन्दा, केराउ, मटरकोसा गाडीमा काठमाडौं लगेर बिक्री गरिन्छ । बारीबाटै अग्र्यानिक कोसेलीका रुपमा आफन्तलाई तरकारी लैजाने चलन छ । घुम्न आउने पर्यटकले काउली र बन्दाको गुन्द्रुक कोसेलीका रुपमा लैजाने गर्छन् ।
Leave a Reply