अमेरिकिन काेशेली चंखुका बालबालिकालाई /आयाे खुशी बहार

 पब्लिक संवाददाता      बुधबार, कार्तिक ७, २०८१      0

अमेरिकिन काेशेली चंखुका बालबालिकालाई /आयो  खुशी बहार

पब्लिक समाचारदाता

दाेलखा ६ कात्तिक ।साना साना नानीहरूकाे मुहारमा एक्कासि खुसीकाे लहर देखापर्याे।खुशीका शब्दहरू सुनिन थाल्याे । मैले यसाे फर्केर हेरे सबै नानीबाबुहरू एकले अर्काकाे सामान हेरेर खुशि भईरहेकाे देखेँ। उनीहरूकाे मुहारमा उज्यालो छर्ने काम आफ्नै उमेर समुहका अमेरिकन बालबालिकाहरूले गरेका रहेछन।

अमेरिकका ३बर्ष देखि १५ बर्ष सम्मका बालबालिकाले हेरक बर्ष आफुले जम्मा गरेकाे पैसाले किनेको  करिब १० हजार दनेपाली रूपैया बराबरको विभिन्न  सर-समान किनी प्याग गरेर पठाउने गरेका रहेछन । विद्धावान मित्र पाश्चर शक्ति पाखि्नले बृस्तित रूपमा काेशेली /उपहारका    विषयमा जानकारी दिनुभयो ।


देशका विभिन्न स्थानमा चरिकोट चर्चले समन्वय गरि काेशेली  बितरण गर्दै आएको पनि लामाे समय बितिसकेको रहेछ। दाेलखाकाे उतरी क्षेत्र गाैरिशंकर गाउँपालिका ६ काे चंखुमा “आशाकाे घर चंखु”काे समायोजनमा १४५ जना बालबालिकालाई विभिन्न समान सहितकाे काशेली बितरण गरिएकाे थियोे ।


हेरक नागरिकलाइ पिडाबाट मुक्त गर्न अहाेरात्र खटिरहेका चरिकोट चर्चका पास्चर पाख्रिनले भन्नुभयो
“केवल आस्था र परमेश्वरको वचन हामीलाई थाम्नको लागि पर्याप्त छ जसले हाम्रो अन्तर आत्मालाई भरिपूर्ण गर्छ र उहाँको शक्तिसम्म पुग्नको लागि।”

उहाँ भन्नुहुन्छ ,चुनौतीपूर्ण समयमा हाम्रो सहयोगको लागि परमेश्वरको शक्तिको प्रयोग गर्न हाम्रो हृदय र आत्मा समेतलाई परमेश्वरका वचनहरुले भर्न र येशू ख्रीष्टमा आस्थाको जग महत्वपूर्ण छ।
हाम्रो हृदयहरुको गहिराईमा परमेश्वरको वचन र येशू ख्रीष्टमा आस्थालाई नलीएसम्म, हाम्रो गवाहीहरु र आस्था असफल हुनसक्छन्, र परमेश्वरले हामीलाई दिन चाहनुभएको शक्तिको मार्ग हराउन सक्छ। सतही आस्था पर्याप्त छैन पास्चर पाखि्न बताउनुभयो ।
“आशाकाे घर चंखु “चर्चले स्थानीय बालबालिका तथा पाहुनालाई हार्दिकता पुर्व स्वागत तथा सत्कार गरेको थियोे ।।


दाेलखा जिल्ला रहेका करिव २ सय ५० वटा चर्चले सामाजिक कार्य कि्श्चियान समुदायलाई लगाई रहेकाेछ । भुकम्पकाे समयमा पिडामा परेका नागरिककाे चराई रहेकाे घाउमा मलम लगाउने काम मात्र नभई आभास विहीनलाई घर बनाउन समेत कि्श्चियान समुदायले सहयाेग गरेकाेछ।

काेभिड बाट आक्रान्त दाेलखाली नागरिकको जीवन रक्षाकाे लागि अहाेरात्र खटि सेवा गरेकाे छ ।सदरमुकाम चरिकोटका अस्पतालहरू लामाे समय सम्म काेभिड पिडित र बिरामी कुरूवा लाई बिहान बेलुकी खानाकाे व्यबस्था गरि जीवन रक्षा गरेकाे थियोे ।

पवित्र शक्‍ति भनेको परमेश्‍वरले आफ्नो काम पूरा गर्न प्रयोग गर्ने शक्‍ति अर्थात्‌ उहाँको सक्रिय शक्‍ति हो। परमेश्‍वर आफ्नो उद्देश्‍य पूरा गर्न आफ्नो शक्‍ति जुनसुकै ठाउँमा पनि पठाउन सक्नुहुन्छ पाश्चर पाखि्न बताउनुभयो ।

चरिकाेट चर्चकाे पहल र आशा घर चंखुकाे समायाेजनमा आयाेजित काेशेली बितरण कार्यक्रमकाे प्रमुख अथिति नेपाल पत्रकार महासंघ दाेलखाका अध्यक्ष दीपशंकर चाैलागाईले चंखुका बालबालिकाका लाई विभिन्न सामाग्री बितरण गर्नुभएकाे छ । आशा घर चंखुका देविप्रसाद नेपालीले काेशेली कार्यक्रम सहजिकरण गर्नुभएको छ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *