
नागरिककाे तर्फबाट स्यालुट छ , उर्जा राज्यमन्त्री तमाङ र नेपाली सेनालाई
पब्लिक समाचारदाता
दाेलखा १ कात्तिक । ऊर्जा राज्यमन्त्री कान्छारामको सक्रियताका कारण नेपाली सेनाका मार्फत सिन्धुली र रामेछाप जोड्ने सुनकोसी नदिमा रहेको खुर्कोट पुल निर्माण भएको छ ।
जनताको सेवामा अनवरत रूपमा लागि रहने मनकाधनी (मनविर )ऊर्जा जलस्रोत तथा सिचाई राज्यमन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) काे सक्रियतामा अहाेरात्र खटि नेपाली सेनाले बेलिबृज स्थापना गरि सवारी साधान ओरदाेहाेर भएकाछन ।पक्की पुल बगाए लगतै रामेछाप जिल्ला सङ्कटमा परेको भन्दै उर्जामन्त्री कान्छारामले मन्त्री स्तरीय निर्णय गराई तत्काल बेलिब्रिज निर्माण गर्ने निणय गराउनु भएको थियो । बेलिब्रीज निर्माण गर्न नेपाली सेनाले दिए काम अाज पुराभएकाे छ ।
ऊर्जा राज्यमन्त्री कान्छाराम पुल निर्माणमा ढिला हुने अवस्था आएको भन्दै तत्काल हेटौडामा पुगेर बेलिब्रिज लोड गराउन आफैं लागी परेका थिए। खुर्र्कोट पुल नहुँदा रामेछापमा खाद्यान्न लगायत अन्य समानको सङ्कट पर्न सक्ने भन्दै तत्काल बेलिब्रिज निर्माण गर्न आफू लागी परेका थिए ।
नेपाली सेनाले अहोरात्र ज्यान जोखिमको प्रवाह नगरी खटेर बाढिले बगाएको खुर्कोट पुललाई बेलीबृज मार्फत रामेछापलाई पुन तराइका विभिन्न जिल्ला र राजधानी संग छोटो मार्गबाट पुन जोडाएको छ । फिनिसिङकाे काम भने अझै बाकी छ ।
मन्त्री तमाङले केही दिन अघि आफ्नै सक्रियतामा दशैको बेला नागरिकलाई घर आउन समस्या नहोस् भनेर हिमाल पावर लिमिटेड सँगको समन्वयमा हाइड्रो पावरको कम्पाउन्ड भित्र बाट दोलखाको चरिकोट हुँदै रामेछाप काठमाण्डौं यातायात पनि सञ्चालनमा ल्याउनु भएको थियोे । यो बाटो सञ्चालनमा आए सँगै रामेछाप र दाेलखाका नागरिकले केही राहत महसुस गरेका छन् ।
रामेछाप र सिन्धुली जोड्ने सुनकोसी नदिमा रहेको पक्की पुल यही असोज १२ गते अविरल वर्षा पछि आएको नदिले बगाएको थियो ।
Leave a Reply