
लागूऔषध दुर्वेसनीबाट मुक्त बनाई जीवन रक्षाकाे लागि सहयोग पुराउन जिप्रका दाेलखालाई नागरिक समाजकाे अपिल
पब्लिक समाचादाता
दोलखा३० असाेज । जिल्ला प्रहरी कार्यालय दोलखाले ६९ औं प्रहरी दिवस मनाएको छ । नागरिकले शान्ति सुरक्षा पुर्णरूपमा अनुभुती गर्न पाएकाेमा प्रहरी दिवसमा चर्चा गरिएको छ ।
हरेक घटनाका अपराधीहरू छिटोभन्दा छिटाे कानुनी दायरा ल्याउन जिल्ला प्रहरी कार्यालय दाेलखाका प्रमुख युवराज खड्का नेतृत्व सफल रहेको नागरिक समाज दाेलखाले खुलेर तारिफ गरेकाे छ ।
सदरमुकाम चरिकाेटमा केही युवाहरू लागुआैषधी दुर्बेसनीमा लागेकाेले यसकाे नियान्त्रणमा प्रहरी निरिक्षक सत्रुधन महताेले खेलेकाे भुमिका सहारानिय रहेकाे बताउदै चाैलागाईले भन्नुभयो यस्ता गितिबिधिकाे सुक्ष्मरूपमा अनुषन्धान गरि जीवन रक्षाकाे लागि सहयोग पुराउन जिल्ला प्रहरी कार्यालय दाेलखालाई अपिल गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय परिसरमा भएकाे प्रहरी दिवसलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले शान्ति सुरक्षा कायम गर्ने तथा अपराध अनुषन्धानमा प्रहरी संगठन सफलभएकाे बताउनु भएकाे छ ।
जुन जिल्ला गएपनि ईमानदारीताकाे उच्च मुल्यांकन हुने हुदा प्रहरी नायव उपरीक्षक युवराज खड्काले कुशल राष्ट्रिय सेवककाे भुमिका जिल्ला निर्वाह गरेकाेले चाैतर्फी तारिफ भएकाे नागरिक समाज दाेलखाका अध्यक्ष दीपशंकर चाैलागाईले दावि गर्नुभयाे। चाैलागाईले भन्नुभयो
शान्ति सुरक्षा, अपराध अनुषन्धान र बिपद्का घटनामा चरिकोट स्थित गरूडदल गण ,नेपाल प्रहरी र सशस्त्र प्रहरी बल १८ नम्बर गुल्मा खेलकाे समेत भूमिका काे दाेलखालीले उच्च मुल्यांकन गरेका छन ।
दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलकाे अध्यक्षतामा भएकाे ६९ औं प्रहरी दिवसलाई सम्बाेधन गर्दै मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार थोकरले सामाजमा अपराधका नयाँ शैली देखिन थालेकाेले समयानुकूल प्रहरी संगठन पनि अपडेट गराउन जरुरी भएकाे बताउनुभयो । अपराध अनुषन्धान र बिपद्का घटनामा समेत प्रहरीको भूमिका उच्च रहेकोउहाँ ले बताउनुभयो । असल अभ्यासहरुलाई निरन्तरता दिँदै, भएका त्रुटीलाई सच्याएर निर्दिष्ट जिम्मेवारी पुरा गर्न र कानूनको परिपालना तथा कार्यान्वयन गर्न प्रहरी संगठन प्रतिवद्ध रहेको समारोह लाई सम्बाेधन गर्दै प्रहरी नायव उपरिक्षक (डिएसपी) युवराज खड्काले बताउनुभयो ।
कार्यक्रममा पूर्व प्रहरी संगठन जिल्ला समिति दोलखाका अध्यक्ष रामशरण केसी लगायतले दोलखा प्रहरीले पछिल्लो समय अपराध अनुषन्धानमा प्राप्त गरेको सफलता र बाढी–पहिरोमा सक्रियताका साथ गरिएको खोज तथा उद्धार कार्यक्रको प्रशंसा गर्नुभएकाे छ।
प्रहरी दिवस समारोहमा शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ,भिमेश्वर नगरपालिका का उपमेयर कमला बस्नेत ,कालिञ्चाेक गाउपालिका कन उपाध्यक्ष कुलबहादुर बुढाथोकी ,बिगुगाउँपालिका उपाध्यक्ष देविका थामी,मेलुङकी गायत्री आचार्य ,पत्रकार चिरञ्जीवी मास्के ,पत्रकार लक्ष्मण खड्का ,नेपाल पत्रकार महासंघ दाेलखाकापुर्व अध्यक्ष जीवन लामा ,संचारकर्मी दिलबहादुर केसी सहित स्थानीय सरकारका जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवँ प्रतिनिधिहरुको उपस्थिती थियो ।
कार्यक्रममा अवकाश प्राप्त पूर्व प्रहरीका जेष्ठ सदस्यहरु, बिरगती प्राप्त गरेका प्रहरीका परिवारजन, बिभिन्न सामाजिक संघ/संस्था तथा व्यक्तिहरुलाई सम्मान पनि गरिएको छ ।
Leave a Reply