पब्लिक संवाददाता
बिहिबार, कार्तिक १, २०८१
0
पब्लिक समाचारदाता
दोलखा १ कातिक । निर्वाचन आयोगले पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा महिला उम्मेदवार उठाउन निर्देशन दिने निर्णय गरेपछि मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा दोलखाको गैरीशंकर गाउँपालिकाको उपाध्यक्षमा महिलालाई नै उम्मेदवार बनाउनुपर्ने भएको छ।
निर्वाचन आयोगले महिला उम्मेदवार उठाउन निर्देशन दिने निर्णय भए लगतै गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा महिला उम्मेदवार बनाउनुपर्ने भएको हो ।संविधान र कानुनको सकारात्मक व्याख्या गरेर महिलाको उम्मेदवारी सुनिश्चित गर्न यस्तो निर्णय गरिएको निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो । निर्वाचन कानुनमा स्थानीय तहको प्रमुख वा उपप्रमुख मध्य एक पदमा महिलालाई उम्मेदवार उठाउनुपर्ने व्यवस्था छ ।स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गतेका लागि तोकिएको छ ।
Leave a Reply