शैलुङ गाउँपालिका भरको पैसा शैलुङमा नै बचत गराऔं “भन्ने अभियान चलाउदै सयपाटी साना किसान कृषि सहकारी संस्था लि

साना किसान कृषि सहकारी संस्था लि ८ औं साधारणसभा भव्यताका साथ सम्पन्न

 पब्लिक संवाददाता      बुधबार, अशोज ३०, २०८१      0

दाेलखा ३० असाेज। शैलुङ गाउँपालिका भरको पैसा शैलुङमा नै बचत गराऔं “भन्ने अभियान चलाउदै सयपाटी साना किसान कृषि सहकारी संस्था लि काे ८ आै बार्षिक साधारणसभा सभा गाेब्रेनागीमा सम्पन्न गरेकाे छ ।

साना किसानकाे सम्वृद्धि ,कृषिको रूपान्तरण र उधमशीलताकाे विकासको लागि शैलुङकाे पैसा शैलुङ बचत गर्न सयपाटीले अभियान संचालन सूरू गरेकाे हाे ।सुशासन, प्रविधि र एकिकरण” सहकारीमा अबश्यकताछ । शैलुङ गाउँपालिका भरि सहकारी क्षेत्रलाई व्यवस्थापन सुदृढिकरण, सुसंगठित ढ‌ङ्गाले संचालन एवं परिचालन गर्नसयपाटी साना किसान कृषि सहकारी संस्था लि का अध्यक्ष धनबहादुर तमाङकाे अगुवाइमा अभियान प्रारम्भ भएको छ।

सयपाटी साना किसान कृषि सहकारी संस्थाले आगामी दिनहरुमा पशुधन सुरक्षण कार्यक्रमलाई जोड दिदै नविकरण एवं नयाँ पशु बिमालाई फराकिलो क्षेत्र बनाउने , सेयरधनी बचतकर्तालाई म्यादी जीवन विमाको माध्यमबाट सबल बनाउने र सबै शेयरधनीहरुलाई शेयर रकम तथा बचत वृद्धि ,नयाँ सदस्यता थप्न पहल कदमी चाल्दै संस्थाको कारोबार वृद्धि गरि कृषि व्यवसायिक क्षेत्रमा सानाकिसानहरुलाई आत्मनिर्भर बनाउने अाठाै बार्षिक साधारणा सभाले सर्वसम्वत पारित गरेकाे अध्यक्ष तमाङले बताउनुभयाे। ।


तमाङ भन्नुहुन्छ ” सयपाटी संस्थाले पशुपालन दुग्ध व्यवसाय, आलु चिप्स र बेसार संकलन प्रसोधनको उद्योग संचालन गर्नेछ । तरकारी खेतिकाे बिस्तार ,सम्भव भए सम्म एक टोल एक उत्पादन सँग जोड्दै सहुलियतपूर्ण किराना पसलको समेत व्यवस्था गर्ने संस्थाले लाग्ने छ।

 

सयपाटी साना किसान कृषि सहकारी संस्था लि ले
सदस्यहरुलाई उपभोग्यिय वस्तुको सहुलियत सेवा प्रवाह गर्ने र रासायनिक मल, बिउको समेत व्यवस्था मिलाउने निती बनाएको अध्यक्ष तमाङले उद्घाेष गर्नुभयो ।

सयपाटी साना किसान कृषि सहकारी संस्था लि काे ८ आै साधारणसभा उद्घाटन गर्दै कृषि सहकारी संघका केन्द्रीय अध्यक्ष खेमबहादुर पाठकले सहकारीले शेयर सदस्य लाई मात्र नभई आमनागरिकमा चेतना जागृत गराउने काम गरेकाे,सहकारीले शेयरसदस्यहरूमा सीप सिकाएर निपुण बनाएकाे बताउनुभयो ।

शेयरसदस्यलाई समयसापेक्ष प्रविधिमा प्रयाेग गर्न सिकाई खेतबारीमा सुन फलाई दक्ष बनाउछ सहकारीविज्ञ पाठकले भन्नुभयो अनिमात्र सहकारीले शेयरसदस्यलाई पैसा दिन्छ ,त्यसै सहकारीले पैसा बड्दै हिड्दैन ।

कृषि सहकारी स्वयम शेयर सदस्यकाे म्यादी जिवन विमा गराई सेवामा सर्मपित हुन्छ।किसानका उत्पादनलाई बजारिकरण गर्न सहकारी संस्था लागि पर्छ ।स्थानीय,प्रदेश ,संघिय ,सरकार संग सहकार्य गरि किसानकाे आर्थिक सम्वृद्धिलाई नागदेबाली ,फलफुल खेती, माछापालन ,पशुपालनमा ५ देखि ५० लाख सम्मकाे व्यवसाय संचालनमा सहुलियतपूर्ण ३ प्रतिशतमा ब्याजमा ऋण लागानी गर्ने तयारी गरिरहेकाे केन्द्रीय अध्यक्ष पाठकले जानकारी दिनुभयो ।
दाेलखा जिल्लालाई केन्द्रीय विन्दु मानि रामेछाप र सिन्धुपाल्चोकलाई समेटी उत्पादन क्षेत्रमा बृहत याेजना बनाई फापर खेती गर्न सहुलियतपूर्ण ऋण लागनी गर्ने सहकारीविज्ञ पाठकले उद्घाेष गर्नुभयो ।कृषि एम्बुलेन्स मार्फत किसानका हरेक उत्पादनलाई बजारिकरण गर्ने स्थानीय सरकार, सहकारी संचालकले सहयोग गर्नुपर्छ । समयमा बजारिकरण गर्न सके छिमेकी राष्ट्रबाट एक बर्षमा आठ अर्ब अदुवा नेपालले खरिद गर्ने अवस्थाकाे अत्यन्त हुने सहकारीविज्ञ पाठकले बताउनुभयो ।

यस बर्ष ४ लाख ९४ हजार ९ सय २८ रूपैया नाफा कमाएकाे सयपाटी साना किसान कृषि सहकारी संस्थाकाे हाल २ कराेड ३५ लाख कुलपुजीँ रहेकाे छ। सहकारीमा दाेहाेराे पद तथा नियामक निकायमा रूपमा रहने जनप्रतिनिधिकाे पद स्वात खाली हुने हुदा उहाँहरू रहेकाे सचिव,काेषाध्यक्ष,र संचालक सदस्य पदमा सर्वसम्मत रूपमा ज्ञानेन्द्र न्याैपाने,देवि सापकोटा ,छिरिङ तमाङ चयन हुनुभएको छ।


सयपाटी साना किसान कृषि सहकारी संस्था अध्यक्ष धनबहादुर तमाङकाे सभापतित्वमा भएकाे उद्घाटन समारोह लाई कृषि सहकारी संघका केन्द्रीय अध्यक्ष खेम बहादुर पाठक,जिल्ला सहकारी संघका अध्यक्ष देवि प्रसाद शर्मा ,शैलुङका लाेकप्रिय नेता भरत ढुङ्गेल , संस्थाका उपाध्यक्ष एवम समासेवि हिरालाल श्रेष्ठ , नेपाल पत्रकार महासंघ दाेलखाका अध्यक्ष दीपशंकर चाैलागाई,समाजसेवी व्यक्तित्व ज्ञानेन्द्र न्याैपाने, चर्चित गायक छेवाङ लामा, शिक्षक नेता विदुर सापकोटा ,समाजसेवि महिला नेत्री एवम संस्थाकी प्रबन्धक जानकी श्रेष्ठ लगायतले सम्बाेधन गर्नुभएकाे थियाे।
साधारणसभामा अध्यक्ष ,सचिव, काेषाध्यक्ष र लेखासुपरिवेक्षण समितिकाेे प्रतिबेदन सार्वजनिक गरिएकाे थियाे ।अन्य कृषि सहकारीकाे तुलनामा दाेलखा जिल्लामा श्री सयपाटी साना किसान कृषि सहकारी संस्था उत्कृष्ट सहकारीका रूपमा स्थापित रहेकाे छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *