बस दुर्घटना ,दुई चालक सहित आठ घाईते

 पब्लिक संवाददाता      आइतवार, अशोज २७, २०८१      0

बस दुर्घटना ,दुई चालक सहित आठ घाईते
दीपशंकर चाैलागाई।दाेलखा २७ अजाेज।दोलखाको वैत्यश्वर गाउँपालिका – ६ गोपीखोलामा   दुईवटा यात्रुबस एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।
आइतबार दिउँसो करिब ४ बजे पुष्पलाला सडक खण्डमा काठमाण्डौबाट रामेछाप तर्फ जादै गरेको वा ५ख ५६३१ नम्बरको अरनिको बस र ओखलढुङगाबाट काठमाण्डौ तर्फ जादै गरेको प्र.३०१००५ ख ३९५६ नम्बरको बस एक आपसमा ठोक्किंदा दुई चालक सहित आठजना यात्रु घाईते भएकाे जिल्ला प्रहरी कार्यालय दाेलखाले जनाएको छ।
घाईते  भएकाहरुलाई अहिले उपचारका लागि सदरमुकाम चरिकोट स्थित सामुदायिक अस्पताल उपचार भईरहेकाे छ। घाइतेहरू खतरामुक्त रहेकाे अस्पताल साे्तले जनाएको छ।
घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *