अलपत्र परेका ६१ जना यात्रुहरुलाई पूर्व सुरक्षाकर्मी परिषद नेपाल दोलखाले गर्‍यो उद्धार

 पब्लिक संवाददाता      शुक्रबार, अशोज १८, २०८१      0

अलपत्र परेका ६१ जना यात्रुहरुलाई पूर्व सुरक्षाकर्मी परिषद नेपाल दोलखाले गर्‍यो उद्धार
दीपशंकर चाैलागाई
दाेलखा १८ असाेज।पूर्व सुरक्षाकर्मी परिषद नेपाल दोलखाले अलपपत्र परेका ६१ जना यात्रुहरुलाई ३ वटा सवारी साधनद्धारा उद्धार गरी काठमाडौ लगेको छ ।

बिपी राजमार्ग भई आवतजावत गर्ने यात्रुहरु बिपदमा परि बिच बाटोमा नै अलपत्र परेको जानकारी पाए पश्चात् पूर्व सुरक्षाकर्मी परिषद नेपाल दोलखाले उक्त स्थानमा अलपपत्र परेका लाई उद्धार गरेकाे हाे।
गत साता परेको अविरल वर्षातको कारण देशैभरमा ठूलो मानवीय र भौतिक क्षति भयो । भारी वर्षातको कारण राजमार्गहरु तथा सो सँग जोडिएका सहायक मार्गहरुमा बाढी पसेर सडक अबरुद्ध गर्नुका साथै पहिरोले समेत सडक सञ्जाल अबरुद्ध भई राजधानीबाट आ-आफ्नो गृह जिल्ला र बाहिरी जिल्लाबाट राजधानी आउदैँ गरेका हजारौँ सवारी साधनमा सवार यात्रीहरु बिच बाटोमा नै अलपत्र भई बिचल्लीमा परेका थिए ।

सरकारबाट उद्धार हुने आशामा ३ रात २ दिन त्यो कहालीलाग्दो ठाउँमा बस्न बिबश भएकी सिद्धिचरण न.पा. १०, ‌ओखलढुङ्गा घर भई भक्तपुरको लोकन्थली बस्ने सम्झना धमला भक्कानिदै भन्छिन् “सरकार अन्धो भएको बेला पूर्व सुरक्षाकर्मीले हामीलाई देखेको छ, “हिजो भुकम्पमा परेको बेला पनि तिनै सुरक्षाकर्मीहरुले देखे र आज यो अबस्थामा पनि उहाँहरुले नै देख्नु भयो” ।
यस्तो बिषम परिस्थिती त्यसमाथी हामी महिलालाई कति कठिन भयो भन्ने भनिसाध्य छैन ।

रोशी खोलाको बितण्डाले मच्चाएको आतंकका कारण बिच बाटोमा नै अलपत्र परेकी कोशी गा.पा. १ लौकही घर भई हाल काठमाण्डौ जडिबुटी बसोबास गर्ने सन्ध्या मण्डल भन्छिन “यस्तो दुखको बेलामा सरकार र सरकारका निकायहरु निकम्मा झैँ देखिएका छन्, यदि स्थानीय तह र माथिल्लो तहको आपसी समन्वय हुने हो र चाहना गर्ने हो भने हामी सबैको उद्धार हिजो अस्ती नै भईसक्ने थियो । तर सरकार सुतेको नाटक गरेर बसेको छ, सरकारमा बसेकाहरु जनताका पिडामा हैन आफ्नै सुरमा रमाईरहेका छन् ।“

दीन दुखीकाे सेवामा सर्मपित पूर्व सुरक्षाकर्मी परिषद नेपाल दोलखाले विभिन्न समयका बिपदमा उद्धार गर्दै आएकाे छ उद्भार गर्न पाउँदा ज्यानै नै खुसी लागेको बतानुहुन्छ पूर्व सुरक्षाकर्मी परिषद नेपाल दोलखा अध्यक्ष शंकर शर्मा बजगाई ।उहाँ भन्नु हुन्छ ,हामीले सरकारको मुख मात्रै ताक्नु भन्दा पनि बिपद पूर्व तयारीलाई पहिलो प्राथमिकतामा राखी कार्य गर्ने र बिपद श्रृजना भएपश्चात् बिपद मना परेकाको उद्धारमा खट्टिने भनि स्थापना भएका अनुरूप काम गरिरहेका छाै । सबै निकायहरु यसरी नै क्रियाशिल भई उद्धार कार्यमा लागे थप सहजता हुने थियोे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *