पशुपन्छीलाई अनावश्यक सताउने, दुःख दिने, यातनापूर्वक ढुवानी गर्ने, क्रूरतापूर्वक वध गर्नुहुदैन : माननीय भरत केसी

 पब्लिक संवाददाता      शुक्रबार, अशोज १८, २०८१      0

पशुपन्छीलाई अनावश्यक सताउने, दुःख दिने, यातनापूर्वक ढुवानी गर्ने, क्रूरतापूर्वक वध गर्नुहुदैन : माननीय भरत केसी
पब्लिक समाचारदाता
दाेलखा १८असोज ।पशु सेवा कार्यालय दोलखाको आयोजनामा जनावरको संरक्षणको बारेमा सचेतना जगाउन दोलखा सदरमुकाम चरिकोटमा आज विश्व पशु पन्छी दिवस मनाइएको छ ।
प्रभातफेरि पछि काे काेण सभालाई सम्बाेधन गर्दैद
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सासंद भरत बहादुर केसीले पशुप्राणीलाई क्षमताभन्दा बढी भारी बोकाउने, अनावश्यक सताउने, दुःख दिने, यातनापूर्वक ढुवानी गर्ने, क्रूरतापूर्वक वध गर्ने जस्ता कार्यलाई मुलुकी अपराध संहिता ऐन २०७४ ले बन्देज लगाएको प्रष्ट पार्नुभयाे ।उहाँ भन्नुहुन्छ यता पशुकाे अधिकारका नाममा अधिकारकर्मी भन्नेहरूले अनावश्यक तर्क वितर्क गर्दा बेला बेलामा जटिल समस्या आउने गरेकाे छ “यति सम्म की छाडा छाेडिएक कुकुरलाई भुसिया कुकुर नभनि सामुदायिक कुकुर भन्नू पर्ने नत्र कार्वाही हुने यस्ता अनावश्यक तर्कले पशुपन्छी अधिकार मै जिटिलता थप्पीन्छ।
पशु सेवा कार्यालय दोलखाको सप्ताह व्यापी रूपमा दाेलखा ४ पालिकामा विभिन्न कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्यालयले जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई रेविज रोगको बारेमा समेत जानकारी गराएको छ ।
विश्व पशुपन्छी दिवसले पशुपन्छीहरुको महत्वलाई आत्मसाथ गर्दछ । पशुपन्छीले मानिसहरुको जीवन समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पशुपन्छीले मानिसको दैनिक क्रियाकलापमा साथ दिइ कसैले आम्दानीको बाटो खुलाएका हुन्छन त कसैले यो प्रकृतिका शोभा बढाइरहेको हुन्छन । यो पृथ्वी भनेको सबै प्राणीहरुको एक असल स्थान हो, पशु सेवा कार्यालय दोलखाका प्रमुख ज्ञान बहादुर जिरेल भन्नुभयो
“यहा मानिसको बाँच्ने जति अधिकार छ त्यती नै अधिकार यहाका जीवजन्तु तथा पशु पन्छीलाई पनि छ ,पशुपन्छीले देशको पहिचान गराउँदछ यिनीहरूकाे भावना बुझ्नु, क्रुरता व्यवहार नगर्नु उनीहरुको दुखाइको महसुस गर्नु नै मानवीय व्यवहारमा हाे ।”

यसै विच विश्व रेविज दिवसको सप्ताहव्यापी कार्यक्रममा विभिन्न स्थानहरुमा पनि सचेतना कार्यक्रम गरेको छ । भीमेश्वर नगरपालिका केहि विद्यालय सहित जिल्लाका अन्य विद्यालयहरुमा सचेतना मुलक कार्यक्रम गरेको पशु सेवा कार्यालयका डाक्टर ध्रुब डिसीले जानकारी दिनुभयो । डाक्टर डिसीले पशु सेवा कार्यालयले जिल्लामा रेविज रोग विरुद्ध गरिरहेको काम, बच्न उपाय लगाएतका बारेमा जानकारी दिनुभएको थियो ।
यस्तै पशुपति चौलागाई अस्पतालका डाक्टर लक्ष्मण कार्कीले रेविज रोग केहो? बच्न उपाय ? जिल्ला तथा नेपालमा विरामीको अबस्था लगाएतका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा जिल्लाका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनीधी, पत्रकार, किसान लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा पशु संरक्षणका लागि गरिएको काम सहित चुनौतीका बारेमा जानकारी गराइएको थियो ।

पशु सेवा कार्यालय दोलखाका प्रमुख ज्ञान बहादुर जिरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाई लगाएतले मन्तव्य व्यक्त गर्नुृ हुर्दै पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ ,वायुमण्डलमा भएको कार्बन र नाइट्रोजनको चक्रलाई सन्तुलित बनाउन पनि जनावरको योगदान महत्वपूर्ण मानिएको बताउनु भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *