जिल्लामा उत्कृष्ट महिला सहकारी “पराेपकार महिला साकाेसकाे ” नाम अनुसारकाे काम भएकाे चाैतर्फी तारिफ
दीपशंकर चाैलागाई
पब्लिक समाचादाता
दाेलखा १७ असाेज।दोलखा चरिकोटमा रहेको परोपकार बचत तथा ऋण सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभा आज चरिकोटमा सम्पन्न भएको छ ।
महिला दिदिबहिनीहरूमा थाैरै थाैरै रकम बचत गर्ने बानी बसाल्नेदेखि उनीहरूलाई उद्यमशीलता तर्फ अग्रसर गराई आत्मनिर्भर गराउन उदेश्यले स्थापित पराेपकार महिला साकाेसले १३ औँ वार्षिक साधारण सभा सम्म अाईपुग्दा १५ कराेड ४६ लाख २ हजार ३ सय बराबरको पुँजी भएकाे सर्वाजानिक गरेको छ ।
सहकारीमार्फत प्रभावकारी काम गर्दै पुरुषको भन्दा महिलाको सक्रियता सहकारीमा बढी हुन्छ भन्ने मान्यता पराेपकार महिला साकाेसले जिल्लामा स्थापित गरेको छ।
मुलुककाे तथ्यांक हेर्दा सहकारीमा महिलाको सहभागिता ५४ प्रतिशत छ। कुल सहकारीमध्ये करिब ४ हजार २ सय सहकारीहरू महिलाद्वारा मात्रै सञ्चालित छन् सहकारी अभियान्ता जिवस खड्काले भन्नुभयो पराेपकार महिला साकाेस जिल्लाकाे उत्कृष्ट सहकारी हाे ।
दाेलखाका सहकारीले नागरिकको आर्थिक उनन्यानमा महत्त्वपूर्ण भुमिका खेल छ कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका खड्का भन्नुहुन्छ आर्थिक पारदर्शितामा केही चुकेकाे भन्ने समाचार सुनिन थालेकाले यसकाे मसिनो ढंगले नियामक निकायले हेर्न अभियान सुरू गरेकाछाै,दाेषिले छुटकारा पाउने छैन।
संस्थाले प्रचलित सहकारी ऐन, नियमावली, संस्थामा रहेका विभिन्न नीति, कार्यविधि अनुसार अघि बढेकाेमा तरिफ गर्न लायक सहकारी बनेकोमा जिल्ला सहकारी संघका बरिस्ठ उपाध्यक्ष कृष्णप्रसाद दहालले दाबि गर्नुभयो ।
संस्थाका अध्यक्ष सर्मिला सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव कल्पना आचार्यले संस्थाको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने संस्थाका कोषाध्यक्ष भवानी खड्काले १५ करोड ४६ लाख २ हजार ३ सय ३२ रुपैयाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थामा हाल २ हजार १ सय ४६ जना शेयर सदस्य र ४ सय ५० जना बाल बचत कर्ता रहेको छन् ।
साधारण सभाको अबसरमा संस्थाले जेष्ठ शेयर सदस्य कृष्ष्ण कुमारी थापा, उत्कृष्ट शेयर खरिद कर्ता सावित्रा न्यौपाने, उत्कृष्ट मासिक बचत कर्ता रजनी तामाङ, उत्कृष्ट दैनिक बचत कारोबार सोनी थापा, उत्कृष्ट दैनिक बचत कारोबार लक्ष्मी श्रेष्ठ, मसिक ऋण कारोबार रमा सापकोटा, दैनिक ऋण कारोबार सरस्वती कुसुले, दैनिक ऋण कारोबार शोभा अधिकारी, बाल सदस्य इरिका बुढाथोकी, पुर्व संञ्चालक तर्फ मन्दिरा दाहाल सहित संस्थाले उत्कृष्ट कर्मचारी गिता वाग्लेलाई नगद सहित सम्मान गरेको छ ।
परोपकार महिला साकोसले संस्थाको शेयर सदस्यको बचत खाताबाट वार्षिक १०० रुपैयाँ कट्टा गरी सदस्य पारिवारिक राहत कोषमा जम्मा गर्दै आएको उपाध्यक्ष अप्सरा चाैलागाईले जानकारी दिनुभयो ।
उहाँ भन्नुहुन्छ रकम सदस्यको मृत्यु हुँदा, सदस्य सुत्केरी हुँदा, दैवी प्रकोप तथा प्राकृतिक प्रकोप हुँदा घटनाको प्रकृति हेरी सञ्चालक समितिले निर्णय गरी वितरण गर्ने गरेका छाै ।यसपटक ३३ जना महिला शेयर सदस्यलाई १ हजारका दरले सुरक्षित सुत्केरी प्रोत्साहन खर्च वितरण गरिएको चाैलागाईले भन्नुभयो । संस्थाकाे१३ औँ वार्षिक साधारण सभााा ४ जना मृतक सदस्यको परिवारलाई ७ हजारका दरले रकम वितरण गरिएको थियोे ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैक चरिकोटका प्रमुख यसोदा पौडेल, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाई, सहकारी संस्थाका ऋण लगानी तथा असुली उपसमितीका सदस्य शान्ति नेपाल सहकारी संस्थाका उपाध्यक्ष अप्सारा चौलगााई लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
Leave a Reply