दुई जनाको शव फेला,पहिचान हुन बाँकी

 पब्लिक संवाददाता      आइतवार, अशोज १३, २०८१      0

पब्लिक समाचादाता

दोलखा १३ असाेज। माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवक्र्स) मा लेदोसहित पहिरो खस्दा वेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।

चार जना वेपत्ता भएकोमा दुई जनाको शव फेला परेको छ। दुवै शव नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरि चरिकोट ल्याईएको प्रमुख जिल्ला अधिकारी टुवराज पाेखरेलले जानकारी दिनुभयो । प्रजिअ पाेखरेलले भन्नुभयो ” शवको पहिचान भने हुन सकेको छैन ।”शव चरिकोटस्थित पशुपति चौँलागाई स्मृति अस्पतालमा राखिएको छ ।

लेदो सहितको पहिरोले माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको कन्ट्रोल विल्डिङ पुरिँदा सुरक्षार्थ खटिएका गरुड दल गणका सैनिक जवानहरू नरेन्द्र बहादुर पाल,  शंकर चन्द  र  नवलपरासीको प्रतापपुर घर भई माथिल्लाे तामाकोशीमा फोरम्यानको काम गर्ने ३५ वर्षीय कृष्णप्रसाद चौधरी , दोलखाको विगु गाउँपालिका–१ का कार्यालय सहयोगीको रुपमा कार्यरत ३० वर्षीय जयराम तामाङ सम्पर्क बिहिन भएका थिए।जस मध्ये  दुई जनाको शव फेला परेकाे दाेलखाका प्रमुख डिएसपी युवराज खड्काले बताउनुभयाे।

पहिरोले पुरिँदा सम्पर्क बिहिन भएका अन्य दुई जनाको अवस्था अझै अज्ञात रहेकाेछ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *