तिनकाे मृत्युु ,५ बेपता ,१ गम्भीर घाइते

 पब्लिक संवाददाता      शनिबार, अशोज १२, २०८१      0

तिनकाे मृत्युु ,५ बेपता ,१ गम्भीर घाइते
दीपशंकर चाैलागाई

दाेलखा १२ असाेज ।दाेलखा सदरमुकाम चरिकोटकाे सिमपानीमा अविरल बर्षाका कारण घर भत्किदा तीन जनाकाे मृत्यु हुनुका साथै ३ बर्षिय बालक गम्भीर घाइते भएकाछन ।
सिमपानी टाेलकाे भुजेल काे घर भत्किदा ३६ बर्षिय राजकुमार भुजेल ,३६ बर्षिय राधिका भुजेल,१५ बर्षिय सुजन भुजेल काेमृत्यु भएकाे शसस्त्र प्रहरी बल १८नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक अधिकारीका शम्भु विक्रम शाहले जानकारी दिए।

शसस्त्र प्रहरी बल १८नम्बर गुल्मका प्रहरी नायव उपरीक्षक शाहका अनुसार ३ बर्षिय बालक युवराज भुजेलकाे उपचारको लागि धुलिखेल अस्पताल पठाईएकाे छ।पहिरोमा पुरिएका बर्षिय भुजेललाई सुरक्षाकर्मी र स्थानीयले सकुशल उद्धार गरेका छन् । उनको अवस्था खतरामुक्त रहेको दोलखा प्रहरीले जनाएको छ । अविरल बर्षापछि स–परिवार घरमा बसिरहेका बेला दिउँसो घरमाथिवाट पहिरो खसेको हो ।

त्यसै गरि दाेलखाकाे बिगु गाउपालिका १ लामाबर स्थित कन्टाेल भवन पहिराेले पुरिदा दुई जान नेपाली सेना र दुई अपर तामाकोसीका कर्मचारी ,एक सुरक्षा गार्ड सम्पर्क विहिन भएको जिल्ला प्रहरी कार्यालय दाेलखाले जनाएको छ ।

४५६ मेगावाटको माथिल्लो तामोकोसी जलविद्युत् आयोजनाको कन्ट्रोल बिल्डिङभित्र कार्यरत ५जना बेपत्ता भएका छन् । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले नेपाली सेनाको गरुडदल गण चरिकोट लाई उद्धार गरिदिन आग्रह गरेको छ।

नेपाली सेनाको गरुडदल गणका २ जना, कम्पनीका २ जना र एक जना सुरक्षा गार्डको अवस्था अज्ञात रहेको भन्दै तत्काल हेलिकप्टर तथा अन्य उपायबाट उद्धार गर्न कम्पनीले आग्रह गरेको हो ।

उद्धार कार्यमा प्रयोग हुने हेलिकप्टरको सम्पुर्ण खर्च समेत कम्पनीले व्यहोर्ने केन्द्र प्रमुख पूर्णगोपाल रञ्जितले जानकारी दिए।
। अविरल वर्षाका कारण आएको पहिरोले ‍आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा क्षति पुर्‍याएको छ । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशीमा पानीको बहाब उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *