
तिनकाे मृत्युु ,४ बेपता ,१ गम्भीर घाइते
दीपशंकर चाैलागाई
दाेलखा १२ असाेज ।दाेलखा सदरमुकाम चरिकोटकाे सिमपानीमा अविरल बर्षाका कारण घर भत्किदा तीन जनाकाे मृत्यु हुनुका साथै ३ बर्षिय बालक गम्भीर घाइते भएकाछन ।
सिमपानी टाेलकाे भुजेल काे घर भत्किदा ३६ बर्षिय राजकुमार भुजेल ,३६ बर्षिय राधिका भुजेल,१५ बर्षिय सुजन भुजेल काेमृत्यु भएकाे शसस्त्र प्रहरी बल १८नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक अधिकारीका शम्भु विक्रम शाहले जानकारी दिनुभयो ।
शसस्त्र प्रहरी बल १८नम्बर गुल्मका प्रहरी नायव उपरीक्षक शाहका अनुसार ३ बर्षिय बालक युवराज भुजेलकाे उपचारको लागि धुलिखेल अस्पताल पठाईएकाे छ।
त्यसै गरि दाेलखाकाे बिगु गाउपालिका १ लामनबर स्थित कन्टाेल भवन पहिराेले पुरिदा दुई जान नेपाली सेना र दुई अपर तामाकोसीका कर्मचारी सम्पर्क विहिन भएको जिल्ला प्रहरी कार्यालय दाेलखाले जनाएको छ ।
Leave a Reply