कम्पनिको ऋणको व्याजदर समयानुकुल घटाउन नेपाल सरकारलाई अनुरोध
पब्लिक समाचारदाता
दाेलखा ५ असाेज ।नेपाली काँग्रेस दोलखाको आयोजनामा अपर तामाकोशी जल विद्युत आयोजनामा उत्पन्न चुनौती समस्या र समाधानका विषयमा दाेलखा सदरमुकाम चरिकोटमा सर्व दलिय, सर्व पक्षिय छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेस दोलखाका सभापति वर्मा लामाको सभापतित्वमा जिल्ला स्थित राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु जिल्ला समन्वय समिति प्रमुख ज्यु ,प्रमुख जिल्ला अधिकारीज्यु अपर तामाकोशी जल विद्युत कम्पनी ली. का कार्यकारी अधिकृत लगाएतका प्रतिनिधि ज्युहरु दोलखा जिल्लाका नगर तथा गाँउपालिका प्रमुख तथा उप-प्रमुखज्युहरु, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष लगाएत पत्रकार मित्रहरु, प्रभावित क्षेत्रका वडा अध्यक्षज्युहरु र नागरिक समाजको उपस्थिति रहेकोे थियोे ।
सर्व दलिय,सर्वपक्षीय छलफल तथा अन्तरकृयाबाट दाेलखाली नागरिकको पक्षमा महत्त्वपूर्ण निर्णयहरु गरिएकाे नेपाल प्रेस युनियन दाेलखाका अध्यक्ष सुजन काफ्ले जानकारी दिनुभएकाे छ ।
राष्ट्रिय गौरवको आयोजना स्वदेशी लगानीमा दोलखा जिल्लामा सुरुवात गरि संचालनमा आउनु जिल्ला कै गौरवको विषय हो । तर भुकम्प, कोभिड, डलरको भाउ वृद्धिका साथै व्याजको कारण लगानी वृद्धि भई यस योजनाको सन्चित ऋण भुक्तानी गरी कम्पनी खुद नाफामा जान अझै केहि वर्ष लाग्ने छलफलको निष्कर्ष आएकोले यस कम्पनिको ऋणको व्याजदर समयानुकुल घटाउन, अन्य आयोजना सरह PPA संशोधन गर्न (विद्युत खरिद विक्रि दरको पुनरावलोकन गर्न) र आयोजनाको अवधि अन्य आयोजना सरह थप गर्ने कार्य गर्न सम्बन्धित पक्ष नेपाल सरकारलाई अनुरोध गर्न शसक्त पहल गर्ने र कार्यन्वयनका लागी पहल गर्ने निर्णय गरियो काफ्लेले बताउनुभयो ।
राष्ट्रिय गौरवको अपर तामाकोशी जल विद्युत आयोजना लगाएत दोलखा जिल्लामा संचालित सम्पुर्ण जल विद्युत आयोजनाहरुले दोलखाली नागरीक समक्ष हरेक आ.व.मा सार्वजानिक सुनुवाई गर्ने र कार्यान्वयन गर्न अनुरोध गर्ने निर्णय समेत भएको उहाले बताउनुभयो ।
डि म्याट खाता संचालन तथा नविकरण प्रकृया झनझटिलो भएको हुँदा सरलीकृत उपाएहरुको खोजी गरी अवलम्बन गर्ने र हाल सम्म कति दोलखाली नागरीकले डि म्याट खाता खोली कारोवार गरेका छन र कति बाँकि छन अध्यावधिक गर्ने भएको नेपाली कांग्रेस दाेलखाका मुख्य सचिव भाेजराज चाैलागाईले जानकारी दिनुभयो ।चाैलागाई भन्नुहुन्छ “कम्पनिले सामाजिक विकासका कार्यहरु गर्दा जिल्लामा कृयाशिल राजनितिक दल र स्थानिय सरकारको सरसल्लाह र सुझावमा आवस्यक्ता पहिचान गरि संचालन गर्ने निर्णय गरियो ।”
रोलवालिङ हाईड्रो प्रोजेक्ट लगाएतका अन्य आयोजनाहरुमा विभिन्न जग्गाको मुहाव्जा विवाद सम्वन्धमा समस्या समाधान गर्ने उपाएहरुको खोजि गरि यथासिघ्र समस्या समाधान गर्न पहल कदमी गर्ने र आयोजना संचालनलाई थप व्यवस्थित गर्दा देखिएका जटिल समस्याहरु समाधानको लागी राजनितिक दल र स्थानिय सरकार संगको समन्वयमा समाधान तर्फ यथासिघ्र पहल गर्ने निर्णय भएकाे मुख्य सचिव चाैलागाईले बताउनुभयो ।
विभिन्न समयमा दोलखाका संघ संस्था तथा नागरिकहरुले पेश गरेका निष्कर्ष, प्रतिवेदन र ज्ञापन पत्र समेतमा उठेका उचित बुँदाहरुलाई समेटेर नेपाल सरकारको ध्यानाकर्षण गराउने र कार्यान्वयन गर्नको लागी पहल गर्ने निर्णय भएकाे नेपाली कांग्रेस दाेलखाका सभापति बर्मा लामा दुवारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाईएकाे छ ।
दाेलखाका राजनीति दलहरू नेपाली कांग्रेसले पहिलो पटक आयाेजनाका जिम्मेवार कर्मचारी बाेलाई ,जिल्ला का सराेकारवा नागरिक संग अन्तक्रिर्या गर्दै जनपक्षीय निर्णय गरेकाेमा सर्वत्रा तारिफ गरिएको छ ।
हरेक हाईडाेपावरका कर्मचारीलाई सराेकारवाला संग राखि आर्थिक पार्दशिता र नागरिकको हितमा काम गर्न सबल र सक्षम बनाउने अभियान दाेलखाका राजनीति दलहरूले संचालन गरेमा नागरिक समाज दाेलखाले याे कदमकाे स्वागत गरेकाे छ ।
Leave a Reply