बेशिकमेट मल्टिनेशनल कम्पनी प्रथम साधारणसभा सम्पन्न ,सात सदस्यीय नयाँ सञ्चालक समिति चयन

सदस्यीय नयाँ सञ्चालक समिति चयन

 पब्लिक संवाददाता      बिहिबार, अशोज ३, २०८१      0

बेशिकमेट मल्टिनेशनल कम्पनी प्रथम साधारणसभा सम्पन्न ,सात सदस्यीय नयाँ सञ्चालक समिति चयन

पब्लिक समाचादाता
काठमाडौ ३ असाेज। बेशिकमेट मल्टिनेशनल कम्पनी प्रा.लि. काे प्रथम बार्षिक साधरणसभा सम्पन्न भएको छ।
संस्थापक एवम प्रथम सञ्चालक अध्यक्ष अरुण महतको अध्यक्षतामा प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको हाे ।


साधारणसभामा सञ्चालक एवम् कम्पनी सचिव शंकर शर्मा बजगाईले कम्पनीको वार्षिक प्रतिवेदन पेश गर्नुका साथै आर्थिक वर्ष ०८०/८१ को आय व्यव विवरण प्रस्तुत गर्नु भएकाे थियोे ।

आज पेप्सीकोला सनराईज चोक स्थित Rowdy Lounge & Restaurant को सभाहलमा सम्पन्न भएको छ।

प्रबन्धपत्र तथा नियमावली बमोजिम साधारणसभाले प्रथम सञ्चालक समिति भंग गरी सर्वसहमतिमा ७ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ ।

जसमा अध्यक्ष अरुण महत, प्रबन्ध सञ्चालक शंकर बजगाई, सञ्चालकहरुमा रोशन राज थापा, श्याम राज खड्का, धनसेन पाण्डे, सरन घिमिरे र निर्मल महत रहेका छन् ।
सञ्चालक समितिमा चयन भएका पदाधिकारीहरु समाजका प्रतिष्ठित सामाजिक, राजनैतिक एवम् शैक्षिक क्षेत्रका दिग्गज व्यक्तित्वहरु रहेको कारण यस कम्पनीले चाँडै नै उच्च प्रतिफल दिई शेयरधनीहरुका अलावा समाजमा केही सकारात्मक कार्यहरु गर्न थप मद्दत गर्न सक्ने आंकलन गरिएको छ ।

यसैगरी सभाले कम्पनीबाट गरीने सबै प्रकारका प्रशासनिक तथा आर्थिक क्षेत्रसँग सम्बन्धित कार्यहरु सहज र सरल तरिकाले पारदर्शी ढंगले यथाशक्य चाँडो गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ।प्रबन्ध सञ्चालकको पारिश्रमिक समेत तय गरेको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा २२ जना संस्थापक सदस्यहरु सम्मिलित भई बेशिकमेट मल्टिनेशनल कम्पनी प्रा.लि. गत फाल्गुण ११ देखी बिधिवत रुपमा दर्ता भएको थियो ।
यस कम्पनीले बिभिन्न क्षेत्रमा लगानी गर्नुका साथै सामाजिक क्षेत्रमा समेत कार्य गर्दै आईरहेको प्रबन्ध सञ्चालक शंकर बजगाईले जानकारी दिनुभयो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *