चौदण्डीगढी संरक्षणका लागि सेनाको पदयात्रा

 पब्लिक संवाददाता      सोमवार, भदौ ३१, २०८१      0

उदयपुर । नेपाली सेनाका पशुपति प्रसाद गण बोक्सेले ऐतिहासिक स्थल चौदण्डीगढी संरक्षण तथा सरसफाइका लागि पदयात्रा गरेको छ । सोमवार उदयपुरको चौदण्डीगढी नगरपालिकाको सो गढीमा गाईघाटस्थित नेपाली सेनाको पशुपति प्रसाद गणका सेनाको अगुवाइमा बीरेन्द्र बजार क्षेत्रबाट एकदिने पदायात्रा सम्पन्न गरिएको हो ।

सोमवार नगरपालिकाको बिरेन्द्र बजारबाट नेपाली सेना र जिल्लाका सुरक्षा निकायका प्रमुख सहितको टोलीले झाँकी, तथा विभिन्न सांस्कृतिक कार्यक्रम सहित मार्चपास गरेर झण्डै ७ किलोमिटर उत्तरी पहाडी क्षेत्रमा अवस्थित चौदण्डीगढी सम्म पदयात्रा गरिएको गणपति शिव वाग्लोले बताए । चौदण्डीगढीमा सेना सहितको मार्चपास पुगेपछि त्यहा झण्डोतोलन गरिएको जनाए । त्यसपछि नेपाली सेनाको टोलीले गढी क्षेत्रमा सरसफाइ गरेको थियो ।

ससाना टुक्रा र गढीमा छरिएर रहेका राज्यलाई एकीरण गरेर एउटै नेपाल निर्माण गर्ने कार्य सेनाले नै गरेको र आज पनि ऐतिहासिक महत्वपूर्ण गढीको संरक्षण र सम्वद्र्धनका लागि जनचेतना जगाउन सेनाको महत्वपूर्ण भूमिका रहेको बताए । पदयात्रा र जनचेतना जगाउने कार्यले चौदण्डीगढीको ऐतिहासिक पुरातात्विक वस्तु संरक्षण र गढीको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने चर्चा विश्वाल लिए ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नु अघि चौदण्डीगढीमा सेन राजाले राज्य गर्दै आएका थिए । प्रथम राजा, जगत सेन, द्वितीय विक्रम सेन, तृतीय लोहाङ सेन र चौथो कर्ण सेनले स्वतन्त्र राज्य निर्माण गरेर राज्य गरि रहेका बेला विसं १८३० मा पृथ्वीनारायण शाहका फौज अभिमान सिंह बस्नेत, स्वरुप सिंह कार्कीको नेतृत्वको फौजले चौदण्डीगढी राज्यलाई नेपालमा गाभेका थिए । उदयपुरगढीलाई पनि चौदण्डीगढी एकीकरण गरेको एक हप्तामा नै एकीकरण गरेपछि चौण्दडीका राजा कर्ण सेन र उदयपुरगढीका राजा उदयसेन भागेर अन्यत्र गएको इतिहासविद् बताउँछन् ।

 

 

 

 

 

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *