विश्वास नेपालको सामाजिक परीक्षण सम्पन्न

 पब्लिक संवाददाता      बुधबार, भदौ १९, २०८१      0

काठमाडौ ।डान्सबार, दोहोरी साँझ, मसाज, स्पा, क्याबिन रेष्टुरेन्ट, खाजाघर लगायतका मनोरञ्जन तथा सत्कार क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई विश्वास नेपालले गरेको सहयोगको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले खुलेरै प्रशंसा गर्नुभएको छ ।

काठमाडौंमा आयोजित विश्वास नेपालको सामाजिक परीक्षण, नवौं अधिवेशन तथा १८ औं साधारण सभामा उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष पराजुलीले विश्वास नेपालसँग लामो समयदेखि महिला आयोगले सहकार्य गरेको चर्चा गर्दै आगामी दिनमा पनि हरेक अभियानमा सँगै हुने बताउनुभयो । त्यस्तै काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले विश्वास नेपालले संचालन गरेका परियोजनाका कारण धेरैको जीवनमा परिवर्तन आएको र संस्थाले गरेका कामहरू परिणामको रूपमा देखिएको बताउनुभयो । कार्यक्रममा विश्वास नेपालले आर्थिक वर्ष २०८०–०८१ मा संचालन गरेका परियोजना तथा कार्यक्रमका बारेमा सामाजिक परीक्षक बिएम आचार्यले प्रस्तुति राख्नु भएको थियो । त्यसक्रममा आचार्यले विश्वास नेपालले संचालन गरेका परियोजना तथा कार्यक्रमको प्रभावकारिता, लाभग्राहीको अवस्था बजेट लगायतका विषयमा सहभागीहरुबीच प्रस्तुतिकरण गर्दै छलफल पनि गर्नुभएको थियो । कार्यक्रमा विश्वास नेपालले संचालन गरेका विभिन्न परियोजनाबाट आफूले लाभ लिएको पूजा खड्काले बताउनुभयो । कार्यक्रममा विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले मनोरञ्जन तथा सत्कार क्षेत्रलाई मर्यादित श्रमको गन्तव्य बनाउने उद्देश्य राखेर संस्थाले काम गरिरहेको र सामाजिक परीक्षणमा विभिन्न सरोकारवाला निकायसँगै यस क्षेत्रमा कार्यरत श्रमिकले उठाएका आवाजलाई आगामी दिनमा सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । सो कार्यक्रममा नगरकोट दोहोरी साँझ, सुनौलो दाहोरी साँझ, तृसना दोहोरी साँझ तथा न्यू टाउन डाउन रेष्टुरेन्ट एण्ड वारका संचालक तथा प्रतिनिधिलाई सम्मान पनि गरिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *