पराेपकार कार्य ,हिंसा पीडित महिला तथा किशोरी सेवा केन्द्र दोलखाले गाैरिशंकरका तीन विद्यालयमा बाँड्याे न्यानो कपडा

 पब्लिक संवाददाता      शुक्रबार, भदौ १४, २०८१      0

पब्लिक समाचारदाता
दाेलखा १४ भदौ
दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर-१का तिन वटा स्थानीय सामुदायिक विद्यालयका विद्यार्थीलाई एक सामाजिक संस्थाले न्यानो कपडा वितरण गरेको छ।

हिंसा पीडित महिला तथा किशोरी सेवा केन्द्र दोलखाले शुक्रवार तिज विशेष कार्यक्रमको आयोजना गर्दै श्री ओरिओन प्रावि,श्री यार्सा प्रावि र श्री शिवदर्शन प्राविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हाे ।

संस्थाले विद्यार्थीलाई सुइटर,टोपी तथा स्टेसनरी सामाग्री वितरण गरेको शिवदर्शन प्राविका प्रधानाध्यापक राम बहादुर बस्नेतले जानकारी दिनुभयो ।

तिन वटा विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा सहयोग गरेको हिंसा पीडित महिला तथा किशोरी सेवा केन्द्र दोलखाकी अध्यक्ष लेमु दाहालले जानकारी दिनु भयो।उहाँले भन्नुभयो तिज विषेश दर खाने तथा साँस्कृतिक कार्यक्रमकाे अबसर पारि विद्यार्थी हरूलाई सानो सहयोग गरेकाे नेपाली कांग्रेस दाेलखाकी महिला नेतृ लक्ष्मी खड्का बताउनु भयाे। कार्यक्रममा गौरीशंकर गाउँपालिका वडा नम्बर-१ का शिक्षक,शिक्षिका, विद्यार्थी,विभिन्न संघसस्थाका प्रतिनिधि , महिला स्वयंसेवीका,स्थानीयवासी गरी झन्डै तिन सय भन्दा बढी माथिको उपस्थिति रहेकोे नेपाली कांग्रेसकि नेतृ खड्काले जानकारी दिनुभयो ।

कार्यक्रममा वैतेश्वर गाउँपालिकाकि उपाध्यक्ष कल्पना उप्रेतीकाे प्रमुख आतिथ्यता भएको थियो ।बालबालिका लाई पढ्नुपर्छ भन्ने भावना उत्साहित गराउनुका साथै पराेपकार नै सेवा हाे भन्ने सन्देश समाजमा स्थापित गराउन हिंसा  पीडित महिला सेवा केन्द्रले महत्त्वपूर्ण भुमिका खेलेको प्रमुख अतिथि उप्रेतीले बताउनुभयाे ।न्यानो कपडा वितरण तथा तिज विशेष कार्यक्रममा हिंसा पिडित सेवा केन्द्रकी कोषाध्यक्ष विनिता अधिकारी, बरिस्ठ सल्लाहकार लक्ष्मी खड्का,आरिओन प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयकुमारखड्का,निलाकण्ठेस्वर माविका प्रअ- सान्त लामा , गौरीशंकर-१ का वडा सदस्य विरध्वज खड्का,शिवदर्शन प्राविका प्रअ- राम बहादुर बस्नेत , आरिओन प्राविकी प्रअ- मनिता काफ्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

हिंसा पीडित महिला तथा किशोरी सेवा केन्द्रले स्थापना भएको छोटो समयमै दोलखा जिल्लालाई कार्यक्षेत्र बनाएर महिला तथा किशोरी केन्द्रित कार्यक्रम आयोजना गर्दै आएको छ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *