गुरूङकाे जिल्ला ईन्चार्ज एमालेकाेअवसर/ पहिलो पार्टी बनाउने जिम्मेवारी पाए नेता गुरूङले ,

पार्टी बनाउने जिम्मेवारी पाए नेता गुरूङले ,

 पब्लिक संवाददाता      शुक्रबार, भदौ १४, २०८१      0

गुरूङकाे जिल्ला ईन्चार्ज एमालेकाेअवसर/
पहिलो पार्टी बनाउने जिम्मेवारी पाए नेता गुरूङले ,
पब्लिक समाचारदाता
दाेलखा १४ भदौ ।नेकपा एमालेकाे केन्द्रीय कमिटीले दाेलखाकाे जिल्ला ईन्चार्जकाे जिम्मेवारी पुन दिएपछि गृह जिल्ला आईपुगेका नेकपा एमालेका पालिट्व्युरो सदस्य पार्वत गुरुङले जिल्ला पार्टीले भव्य स्वागत गरेको छ।
उहाँकाे लागि राखिएको स्वागत समाराेहमा जिल्लाको यथार्थ अवस्था विश्लेषण र आगामी कार्यभार सम्वन्धी दस्तावेज हस्तान्तरण गरेर पछि नेता गुरुङले औपचारिकरूपमा जिम्मेवारी सम्हालेका हुन ।

गुरूङलाई नेकपा एमाले पोलिट्व्युरो सदस्य एवम पूर्व जिल्ला इन्चार्ज कमलप्रसाद चौंलागाईले दस्तावेज हस्तान्तरण गर्नुभएकाे छ।

पूर्व सञ्चारमन्त्री समेत रहेका गुरुङ यसअघि चितवन जिल्ला इन्चार्जको जिम्मेवारीमा पाउनुभएकाेे छ । उत्कृष्ट भुमिका निर्वाह गरेका गुरूङलाई मिसन ०८४ मा नेकपा एमाले दोलखालाई पहिलो पार्टी बनाउन सक्ने सांगठनिक तागत देखेपछि केन्द्रले पुन इन्चार्ज तोक्कि गृह जिल्ला पठाएकाे एमाले दाेलखाका नेता नेत्र माेक्तानले जानकारी दिनुभयो ।” दाेलखामा गुरूङ बाहेक अरू नेताले एमालेलाई पहिलाे पार्टी बनाउन सक्ने ल्यागत राख्दैन” माेक्तानले भन्नुभयाे “याे गरूङलाई अवसर हाे ।”

साेही कार्यक्रम नेकपा एमाले दोलखाका नेता तथा कार्यकर्तालाई पार्टी विदेश विभाग प्रमुख राजन भट्टराईले प्रशिक्षण समेत दिनुभएकाे थियोे ।
एमाले दोलखाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा जिल्ला अध्यक्ष नरवहादुर श्रेष्ठले नयाँ इन्चार्ज गुरुङको स्वागत र पूर्व इन्चार्जलाई सम्मानपत्र प्रदान गर्नुभयाे छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *