महिला संघ दाेलखाले गर्यो तीजको शुुभकामना आदानप्रदान
पब्लिक समाचारदाता
दाेलखा १२ भदौ ।नेपाल महिला संघ दाेलखाले नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजका अवसरमा आज शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाली कांग्रेस दाेलखाकी नेतृ गिता शिवाकोटीले हाम्रा प्राचीन संस्कार र संस्कृतिको संरक्षण गर्दै अघि बढ््नुपर्ने बताउनुभयाे । नेपाली काँग्रेस पार्टीसँगै नेपाल महिला संघले देशमा प्रजातन्त्रको स्थापनार्थ ठूलो संघर्ष गरेको उल्लेख गर्दै उनले प्रजातन्त्रवादीहरू अन्याय पनि नगर्ने र अर्काले गरेको अन्याय पनि नसहने चेतावनी दिए ।
हाम्रा शास्त्रहरूमा पनि महिलाहरूको मर्यादा भएको ठाउँमा देवताको वास हुन्छ भन्ने उल्लेख भएको उनले बताउनुभयाे । तीजको संस्कृति वैदिक सनातन परम्पराको संरक्षणको उद्देश्यसँग जोडिएको नेतृ शिवाकोटीको भनाइ थियो ।
कांग्रेस दाेलखनकी अर्की नेतृ बिनिता अधिकारीले २००४ सालमा स्थापित महिला संघको अनवरत संघर्षकै बलमा हाल राज्यका विभिन्न निकायमा ३३ प्रतिशत स्थानमा महिलाले ओगटेको बताउनुभयाे । प्राप्त अवसरलाई जिम्मेवारिताका साथ उपयोग गर्नुुपर्नेमा उहाँले जोड दिनुभयाे ।
महिला नेतृ तारा थपलियाले तीज नेपाली महिलाको मौलिक संस्कृति भएको बताउनु भयो । दाेलखाकी बरिष्ठ महिला नेतृ लेमु दहालले पार्टी संगठनलाई मजबुत बनाउन महिला नेतृआवश्यक भई सकेकाे दावी गर्नुभयो ।महिला अधिकारका बिषय जिल्ला लामो समय देखि अभियान चलाउदै आएकी दहालले दाेलखाली महिलालाई एकजुट बनाउन तिज विशेष कार्यक्रम गर्न उहाँको अभियानमा थालनि गरिएको हाे ।
नेपाल महिला संघ दाेलखाका कार्यवाहक सभापति भगवती शाहको अध्यक्षतामा कार्यक्रममा बैत्यश्वर गाउँ पालिका उपाध्यक्ष कल्पना उप्रेती , महिला नेतृ अनिता श्रेष्ठ ,महिला नेतृ मेनुका चाैलागाई,महिला नेतृ लक्ष्मी खड्का, महिला नेतृ कल्पना श्रेष्ठ ,महिला नेतृ लक्ष्मी तमाङ लगायतले आर्थिक उन्यनमा महिला दिदीबहिनीलाई अघि नबढाए समाजमा सम्बृद्धी नआउने धारणा ब्यक्त गर्नुभएको छ ।
उक्त कार्यक्रम नेपाली कांग्रेस दाेलखाका सभापति बर्मा लामा,भिमेश्वरका मेयर इश्वर मानन्धर ,नेपाली कांग्रेस दाेलखाका काेषाध्यक्ष राजेश श्रेष्ठ लगायतकाे उपस्थित रहेकाे थियोे ।
Leave a Reply