युवा तथा खेलकुद क्षेत्रमा नागरिकका अपेक्षा बुझ्न सचिवकाे जिल्ला भ्रमण

 पब्लिक संवाददाता      आइतवार, भदौ ९, २०८१      0

युवा तथा खेलकुद क्षेत्रमा लगानी गर्दा नागरिक अपेक्षा के के रहेछ बुझ्न सचिवकाे जिल्ला भ्रमण

दाेलखा ९ भदौ ।वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्रालयका सचिव रूद्र प्रसाद लामिछाने बिगतका बर्षहरूमा जिल्लामा युवा परिषद तथा खेलकुद विकास समितिबाट भएका गतिविधि सुष्मरूपमा जानकारी लिने क्रममा दाेलखा आईपुग्नुभएकाे छ।

मन्त्रालयले कुन जिल्लामा के कस्ता कार्यक्रम संचालन गर्दा नागरिकले अपेक्षा गरे अनुरूप प्रदेश सरकारले काम गर्न सक्छ भनी युवा खेलाडी र स्थानीय जनप्रतिनिधिहरू संग लामिछानेले अन्तरक्रिया गर्नु भएकाे छ ।
युवा तथा खेलकुदका क्षेत्रमा के भई रहेकाछन,यस क्षेत्रलाई थप उर्जा दिई कस्ता कस्ता कार्यक्रमहरू गर्न सकिन्छ, त्यसकाे जानकारी लिन प्रदेश सचिव लामिछाने दाेलखा आउनुभएको हाे, युवा परिषद दाेलखाका अध्यक्ष भरतराेहन श्रेष्ठले बताउनुभयो
“सरकारले ल्याएको युवा चथा खेलकुदका नीति हाल सम्म कागजी खाेष्टाकारूपमा मात्र सिमित छ । ”

उहाँले भन्नू भयाे युवाहरू समाज समबृद्ध बनाउने अभियानका नायक मात्र नभई देशका गाैरब हुन त्यसैले बृहतरूपमा युवा लक्षित कार्यक्रम ल्याउन सचिव समक्ष अनुरोध गर्नुभयो ।

दाेलखा जिल्लामा खेलकुदका गतिविधि संचालन गर्न रंगशालामा ,कब्डहलकाे अभाव भएकाे छ । बन्दै गरेकाे रंगशाला पनि निमार्ण व्यवसायीका कारण लामाे समय देखि अभिभावक विहिन अबस्थामा रहेकाे अधिकाशं सहभागीहरूले सचिव लामिछाने संग गुनासो गरेकाछन । निमार्ण व्यवसायी काम पूरा गरेपनि नरपालिकाले विभिन्न बहाना बनाई पैसा राेकिएका दिएका कारण अभिभावक बिहिन बन्नपुगेकाे स्थानीयले आराेप लगाएकाछन।

बन्दै गरेकाे रंगशालामा संघिय सरकारले एक कराेड हालि दिने आश्वासन दिए पनि यश बर्ष एक रूपैया पनि नहालेकाे भिमेश्वर नरपालिकाका प्रवक्तव्य तारानाथ चाैलागाईले जानकारी दिनुभयो ।

कबडहल छैन,बर्षामा पानी पर्ने कारण दुई महिना देखि ऊसुकाे प्रशिक्षण बन्द गरेकाे ऊसुगुरू जगत जिरेलले बताउनुभयाे ।निरन्तर पानी पर्छ कराँते पनि नखेलाएकाे धैरै भयाे प्रशिक्षक कुमार उप्रेतीले भन्नुभयो । भलिबल र फुटबल त झन प्रभावित हुने भए ।खेलकुद क्षेत्र संघ,प्रदेश र स्थानिय तिनवटै सरकारकाे उपेक्षा शिकार बनिरहेको जिखेविसका पुर्व अध्यक्ष राेहित चन्द्र खड्काले बताउनुभयो ।

आजै बागती प्रदेशका युवा तथा खेलकुद मन्त्रालय सचिव रूद्र प्रसाद लामिछानेले सदरमुकाम चरिकोटमा रहेकाे ब्याण्डमेन्टकाे कबडहलकाे निरिक्षण गरि यसलाई थप मजबुत बनाउन सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ।उहाँ ब्याडमिन्टन खेलाडी हरूले भव्यरूपमा स्वागत गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *