राप्रपा दाेलखाकाे कार्यवाहक अध्यक्षमा बिष्णु श्रेष्ठ
पब्लिक समाचारदाता
दाेलखा ६ भदौ ।राष्ट्रिय प्रजातन्त्र पार्टी दाेलखाकाे केन्द्रीय प्रतिनिधिहरूकाे राेहबरमा आजबाट औपचारिक रूपमा बिष्णु श्रेष्ठ कार्यवाहक अध्यक्ष सर्वसम्मत हुनुभएको छ ।
एक बर्ष भित्र राष्ट्रिय प्रजातन्त्र पार्टीकाे जिल्ला अधिवेशन हुदै छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी दाेलखाकाे पुर्ण बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय सहायक महामन्त्री विजय खड्का ,राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक प्रबक्ता प्रविन थाेकर,केन्द्रीय सदस्य रञ्जन कार्की ,बागमती प्रदेश माननीय राजेन्द्र प्रजापति,राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय आमन्त्रित सदस्य राजन प्रसाद खतिवडा ,केन्द्रीय संगठन विभाग सदस्य रहर खड्का युवक संगठनका केन्द्रीय अध्यक्ष सुजित केसी समेतकाे उपस्थिति रहेकाे युवक संगठन दाेलखाका अध्यक्ष राेशन श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यवहाक अध्यक्ष बिष्णु श्रेष्ठले भन्नुभयाे सरकार सरकारजस्तो छैन ,संसद् संसद्जस्तो छैन, विकास निमार्णका काममा चरम भष्टचार छ,सुशासन जनताले नपाएको अवस्थालाई चिर्दै पार्टी संगठनलाई मजबुत बनाएर यस्ता बिकृतीका विरूध्द अभियान संचालन गर्ने छु ।
राष्ट्रिय प्रजातन्त्र पार्टीलाई नागरिक मैत्री बनाउन निरन्तर घरदैलो अभियान संचालन गर्नेछु कार्यवाहक अध्यक्ष श्रेष्ठले प्रतिबद्भता जाहेर गर्नुभयो ।
भिमेश्वर नगरपालिका ४ निवास बिष्णु श्रेष्ठ सामाजसेवि लाेकप्रिय नेता हुनुहुन्छ । राप्रपाका नेताहरू मध्ये जनमत भएका नेताकारूपमा परिचित श्रेष्ठले आैपचारिक रूपमा कार्यवाहक अध्यक्षकाे जिम्मेवारी पाउनु भएकाे हाे।
आन्तरिक तथा व्यक्तिगत कारणले अध्यक्ष राजन बहादुर शिवाकोटीले अध्यक्ष पद छाडेका कारण श्रेष्ठले कार्यवाहक पाउनुभएकाे राप्रपा नेता भाष्कर पाण्डेले जानकारी दिनुभयो ।
निमार्ण व्यवसायी संघ दाेलखाकाे जिल्ला सचिव जस्तो गरिमामय पदमा राम्रो मत ल्याई विजय भएकोमा युवक संगठन दाेलखाका अध्यक्ष राेशन श्रेष्ठलाईलाई राष्ट्रिय प्रजातन्त्र पार्टी दाेलखाकाे पुर्ण बैठकले बधाई तथा सफल कार्याकालकाे शुभकामना दिएकाे छ ।
Leave a Reply