सास्कृतिकाे जगेर्ना गर्दै नागरिकको जिविकाेपार्जन संग जाेड्ने कार्यक्रम नै लाखेनाच प्रदर्शनी भएकाे मेयर मानन्धरकाे दाबि

 पब्लिक संवाददाता      बिहिबार, भदौ ६, २०८१      0

दीपशंकर चाैलागाई
दाेलखा ६ भदौ । लालिगुराँस युव क्लवकाे आयोजनामा दोलखा सदरमुकाम चरिकोटमा चार जिल्लाका एघार समूहले लाखेनाँच प्रदर्शन गरेका छन्।

कला संस्कृतिको प्रबर्धन र फाखेनाचको सिप आदान प्रदानका लागि गर्नेछ उदेश्यले लाखेनाँच प्रदर्शन गरिएकाे हाे ।

कला संस्कृति ( लाखेनाच ) प्रदर्शनी कार्यक्रम उद्घाटन गर्दैन भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले कला सास्कृतीकाे संरक्षण तथा प्रबन्धन गरे जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई आर्थिक सम्बद्धी ल्याउन थप टेवा पुग्ने बताउनुभयाे।

सुन्दर नगर बनाउन भिमेश्वर नगरपालिकाले एेतिहासिक तथा धार्मिक आस्थाका धराेहरहरू, धार्मिक संस्कृती ,नागरिककाे जिविकाेपार्जनका गतिविधि ,र पर्यटन पुर्वधारका कामलाई अभियानकारूपमा अगाडि बढाउने नगर प्रमुख मानन्धरले उद्घाेष गर्नुभयाे।
साेही कार्यक्रमका भिमेश्वर नगरपालिका कि उपप्रमुख कमला बस्नेतले सुनसान देखिने चरिकोट बजारमा लाखे नाँचका कारण जनसमूदायको ठूलो उपस्थिति रहेको दाबि गर्नुभयो ।
समाजसेवी एवम चरिकोट गुठीका अध्यक्ष रामदास श्रेष्ठले गाैरिशंकरकाे गाैरब,शैलुङकाे सान,चरिकोटकाे चरिघ्याङ र भिमेश्वर भिमसेन काे कारण दाेलखालीकाे शिर सधै उच्च रहेकाेले पर्यटन प्रबन्धनलाई मुलमनत्र बनाई अघि बढ्न सुझाव दिनुभयो ।
सदरमुकाम चरिकोटमा रहेकाे बजारकाे दिगाे ब्यबस्थापनकाे लागि अनवतरूपमा लागि पर्ने युवा प्रबिना श्रेष्ठ लाली गुराँस युवा क्लवकाे अध्यक्ष भए यता जिल्ला आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सफल भएकाछन । चरिकोटमा हुने सम्पूर्ण जात्रा लाई कसरी सफल बनाउने भनी सामाजिक नेतृत्व गरिरहेका श्रेष्ठ अन्य बर्षकाे तुलनामा उत्कृष्टता प्रस्तुत गरिरहेकाे नागरिक समाज दाेलखाकाे ठहर छ।

कार्यक्रममा काठमाडौँ चन्द्रागिरी नगरपालिका मच्छे गाउँका पाँच समूह, रामेछापको भँगेरी र चिसापानी, जिरी नगरको नेवाःदेय् दबु, काभ्रेपालञ्चोकको धुलिखेल, दोलखाको चरीकोट र लापिलाङका समूहहरुले लाखेनाच प्रदर्शनी गरेकाे लालीगुराँस
क्लबका पुर्व अध्यक्ष एवम दाेलखा उद्योग बाणिज्य संघका उपाध्यक्ष विमल श्रेष्ठले जानकारी दिनुभयो । 
उपाध्यक्ष श्रेष्ठले भन्नुहुन्छ “भिमेश्वर नगरमा आर्थिक उनन्यानका गतिविधिलाई अगाडि बढाउन यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्छ।”

नेवारी संस्कृतिको संरक्षण र प्रवर्द्धनमा नाट्यश्वरी मन्दिरमा गठेमंगलको रात पुजापाठपछि भोलिपल्ट कृष्ण सहितका देवी-देवता र राक्षसको चरित्रमा आधारित भई प्रत्येक वर्ष लाखे नाच प्रदर्शन गर्ने गरिन्छ ।
चरिकोट बजार फन्को लगाएर उल्लासमय ढंगले लाखे नाच प्रदर्शन गरिदै आएको छ । मुखुन्डो लगाएर राक्षसको भेषमा प्रस्तुत हुने रोचक र पृथक शैलीको लाखे नाच हेर्न दर्शकको चरिकोटमा बाक्लो भीड लाग्नेगर्छ। आन्तरिक मात्र नभई बा पर्यटकको पनि आकर्षण बनेको लाखे नाचले सांस्कृतिक, धार्मिक र पर्यटकीय महत्व बोकेकाे छ ।
विषेश गरी नेवार समुदायमा प्रचलित यो नाच, जात्रा, पर्व, उत्सव लगायतका बेला प्रस्तुत गरिन्छ । गठेमङ्गलको भोलीपल्टदेखि कृष्ण जन्माष्टमीसम्म चरिकोटमा लाखेनाच प्रर्दशन गरिने परम्परा रहेको सास्कृतविद चिरञ्जीवी मास्केले बताउनुभयो ।
उक्त रात कृष्णको चक्र प्रहारबाट लाखे मारिएपछि यो पर्व सकिने गरेको छ । २०१६ देखि चरिकोटमा लाखे नाच प्रदर्शन सुरु गरिएको जानकारहरु बताउछन। पाैराणिक शहर दाेल्खामा धेरै बर्ष अघिदेखी लाखे निकाल्ने गरिएको ईतिहासिक प्रमाणहरूबाट देखिन्छ। दाेलखामा मात्र नभई देशमै दाेलखा शहरमा निकालिने लाखे सबैभन्दा जेठाे लाखे भएकाे सास्कृतविद बिराजमान श्रेष्ठले जानकारी दिनुभयो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *