भिमेश्वर मन्दिर ब्यवस्थापन बिराेधी गतिविधि गर्न दाेलखाका तिनदललाई छुट नभएको दाेलखाली नागरिककाे चेतावनी

 पब्लिक संवाददाता      मङ्लबार, भदौ ४, २०८१      0

भिमेश्वर मन्दिर ब्यवस्थापन बिराेधी गतिविधि गर्न दाेलखा तिनदललाई छुट नभएको दाेलखाली नागरिककाे चेतावनी
पब्लिक समाचारदाता
दाेलखा ४ भदौ ।भिमेश्वर मन्दिरकाे पुजा आजा र गुठी संचालनका लागि परापुर्वकाल देखि भिमेश्वर नाममा रहेकाे मेलुङ ४ भेडपुकाे जग्गा कमाए बापत ३४ बर्ष देखि दैदस्तुर माेहीहरूले नबुझाई रहेकाे अबस्था दाेलखाका तीन राजनीति दलले भिमेश्वर मन्दिर ब्यवस्थापन बिराेधी प्रधानमन्त्रि ज्ञापनपत्र बुझाएकाे समितिले आपत्ति जनाएकाछन ।

भिमेश्वर विराेधी गतिविधि गर्न कुनै पनि राजनीतिक दललाई छुट नभएको भिमेश्वर गुठी ब्यवस्थापन समितिका पदाधिकारीहरूले चेतावनी दिएकाछन।

भिमेश्वर मन्दिरमा मंगलबार पत्रकार सम्मेलन गर्दै गुठी ब्यवस्थापन समितिले नेपाली कांग्रेस ,नेकपा एमाले , नेकपा माओवादी केन्द्र ,दाेलखाका नेताहरूले दाेल्खाली नागरिककाे भावनामा लात हान्दै कुनै निकास ननिकाली भेड्पुका जनतालाई लालपुर्जा दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएकोमा घाेरभत्सना गरेकाछन।

भिमेश्वर नाममा रहेकाे जग्गा नापी गरि माेही कायम गरेर भेड्पुवासीलाई माेहीकाे लालपुर्जा दिलाई देवस्व रकम बुझाउन गरि अघिबढ्न गुठियारहरूले अनुरोध गरेकाछन ।

आदि अनादिकाल देखि सञ्चालनमा रहेको भीमेश्वरको गुठी सञ्चालन लगायत भीमेश्वरको नित्य नैमित्य पूजाका लागि राखिएको गुठी जग्गालाई मोहिहरूको मात्रै समस्या राखि भीमेश्वरको गुठी र नित्य नैमित्य पूजालाई कुनै ध्यान नै नदिइ देशकै प्रमुख धार्मिक तिर्थस्थल, सूचकको रुपमा पसिना निकाल्ने सक्षात भगवान भीमश्वरको बारेमा कुनै सम्बोधन नगरी एक तर्फी ढङ्गले प्रमुख राजनैतिक दलहरूले सम्माननिय प्रधानमन्त्रिज्यू समक्ष बुझाइएको ज्ञापन पत्रले हामिलाई अन्यन्तै दुखि तुल्याईएको दाेलखा भिमेश्वर गुठी ब्यबस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताउनुभयो ।

नापीका बखत मोहिहरुले उक्त गुठीको जग्गा व्यक्तिको नाममा रैकरमा नापी हुनु पर्ने माग राखेका कारण भीमेश्वर (भीमसेन) को गुठीको जग्गा रहेको भेड्पु हाल सम्म पनि नापी हुन सकिरहेको छैन युवा समाजसेवि एवम दाेलखा भिमेश्वर गुठी ब्यबस्थापन समितिका उपाध्यक्ष बिराजमान श्रेष्ठले पत्रकार सम्मेलन जानकारी दिनुभयो ।

उहाँले “भीमेश्वर गुठीको नाममा हालसम्म नापी हुन नसकेका जग्गाहरु भीमेश्वर गुठी कै नाममा यथासिघ्र नापी गरिदिन नेपाल सरकार समक्ष जोडदार माग गर्नुभयो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *