डवाकुँ डाकसका कारण अभयपुरबाट महिसासुर(राक्षस ) भागे, विजयकाे खुशीयालीमा जात्रा

 पब्लिक संवाददाता      सोमवार, भदौ ३, २०८१      0

डवाकुँ डाकसका कारण अभयपुरबाट महिसासुर(राक्षस ) भागे, विजयकाे खुशीयालीमा जात्रा सुरू
दीपशंकर चाैलागाई
पब्लिक समाचारदाता
दाेलखा ३ भदौ
महिसासुरलाई बध गर्न शक्ति माग्दै कालिञ्चाेकी भगवती समक्ष पुगी शक्तिशाली बनेका डवाकुँ डाकसले अभपुर भित्र खाेज्दा राक्षस नभेटेपछि पाेखरी भित्र समेत खाेजेकाछन ।
गाेकर्ण गुठी महायज्ञ विध्वंस पार्न र मानवलाई दुख दिने आउने महिसासुरलाई बध गर्न पाेखरी भित्र समेत खाेजेकाे हाे । डवाकुँ डाकसका सारथीहरूले पाेखरी हाम्म फालेका छ।

भगवानकाे शक्ति पाएका डवाकुँ डाकसले महिसासुरका सन्तान भागेर अन्यत्र लागे पछि लाेककाे हित हुने विश्वासका साथ विभिन्न चाेकमा विजय उत्सव मनाईएकाेछ।


कालिञ्चाेकी भगवतीकाे समेत शक्ति पाएका भैरवले सदैव मानवकाे कल्याण गरेकाेछ ।कालिञ्चाेक भगवती दर्शन संगै भिमेश्वरकाे दर्शन गर्नू पर्छ अनि मनाेकाक्ष्या पूरा हुन्छ भन्ने विश्वास परापुर्व कालदेखि चल्दै आएकाे छ सास्कृतविद विराजमान श्रेष्ठले बताउनुभयो ।

एतिहासिक महत्त्वकाे शहर दाेल्खा मानव रक्षा हुने भएपछि भाेली गाई जात्रा निकाल्ने र पर्सिबाट भैरव कुमारी जात्रा सुभारम्भ गहुने सास्कृतविद श्रेष्ठ जानकारी दिनुभयो ।भैरवकुमारीकाे जात्रा ५ दिन सम्म लाग्ने छ।

करिब पाँच सय वर्ष पुरानो मानिने यो जात्रा दोलखा बजारबाहेक देशको कुनै ठाउँमा पनि नदेखाइने श्रेष्ठले दाबि गर्नुभयो । जात्रा हेर्न जिल्लाका विभिन्न स्थानका साथै राजधानीबाट पनि पौराणिक सहर दोलखा आउने गर्दछन् ।

यो जात्रामा व्रत बसे मनोकांक्षा पूरा हुने जनविश्वास छ । त्यसैगरी सन्तान नहुने, बोली नफुटेको व्यक्तिले दर्शन गरे बोली आउने, सन्तान प्राप्त हुने, इच्छाएको कुरा पुग्ने जनविश्वास रहेको श्रेष्ठले बताउनुभयाे। विभिन्न मनोकांक्षाका साथ व्रतालु नारीले राती पूजापाठ गरेपछि सुरु हुने नाचमा भैरव र कुमारीको दर्शन गर्ने र प्रसादग्रहण गर्नेहरूको भिड लाग्ने गरेको छ ।

किंवदन्तीअनुसार द्वापर युगमा भीमेश्वर मन्दिर नजिकै रहेको त्रिपुरासुन्दरीकी कान्छी बहिनीका रूपमा भैरब कुमारीलाई मानिँदै आएको छ । तीन दिदीबहिनीमध्ये जेठी त्रिपुरासुन्दरी, माइली कालिञ्चोक भगवती र कान्छी भैरवकुमारी रहेको किंवदन्ती छ ।

सबै दिदीबहिनी मध्ये भैरवकुमारी उद्धण्ड स्वभावकी भएकाले जेठी त्रिपुरासुन्दरीले आफू बसेको स्थानभन्दा केही तल कुमारी मन्दिरमा फलामको साङ्लोले बाँधेर राखेकी थिइन् । पछि त्रेतायुगमा गुभाजु भनिने एक धार्मिक स्रस्टाले कुमारीलाई राक्षसको रूपमा पूजाआजा गर्न थालेपछि कुमारी प्रकट भएर आफू राक्षस नभएको बताएपछि तान्त्रिकले बाँधेर राखेको भैरव कुमारीलाई फुकाएर पाँच दिनसम्म सहर परिक्रमा गराएको दिनलाई जात्राको रूपमा मनाइँदै आएको इतिहास छ सास्कृतविद श्रेष्ठले जानकारी दिनुभयो ।

” द्वादशीदेखि पाँच दिनसम्म प्रत्येक साँझपछि भैरव, कुमारीलगायत सेनामेनाहरू सिँगारेर लहरै बस्छन्” “ईतिहासका जानकार एवम सास्कृविद ज्ञानेन्द्र प्रधान भन्नू हुन्छ तान्त्रिक विधि गरेर सुरु गरिने जात्रा निकाल्नुपूर्व व्रत बस्ने महिलाहरू दिनभर नखाई टासिचाटोलको गुठीघरमा भेला हुन्छन् ।”

पूजाको विधि सकिएपछि सिँगारिएर बसेका मुकुन्डोधारी र अन्यलाई दर्शन गरी दक्षिणा चढाएपछि व्रतालुले खाना खाने चलन छ । स्थानीय बाजागाजासहित भैरव र कुमारी विभिन्न सेनामेनासहित भई दोलखाको विभिन्न टोलहरूमा पाँच दिनसमम्म परिक्रमा गर्ने प्रचलन छ सास्कृतविद प्रधानले भन्नुभयो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *