पुजा आरधाना गर्दै `काली बाबा´ ले दाेलखा भिमसेन संग राजा र हिन्दु राज्य मागे

 पब्लिक संवाददाता      शनिबार, भदौ १, २०८१      0

पब्लिक समाचारदाता

दाेलखा १ भदौ ।भीमेश्वर मन्दिरमा ‘कालि बाबा’ले विश्व शान्तिकाे कामना गर्दै नेपालमा हिन्दू राष्ट्र कायम हाेस भन्ने माग गरेर पुजा–आरधना गर्नुभएकाे छ ।
राष्ट्र र जनतामा कुनै प्रकारकाे क्षति नहाेस शान्ति पुर्ण राज्य र खुशी नेपाली सदैव रहनु भनेर कालि बाबाले क्षमा पुजा समेत गर्नुभएको छ ।भिमेश्वरकाे शिलालाई नाना प्रकारका सामाग्री चढाई दुधले नुहाउदै राजा छिटै आउनेछन भनी सस्वार वाचन गरि आरधाना समेत काली बाबाले गर्नुभएको छ ।

भिमेश्वर गुठी तथा पुजा ब्यबस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठ लगायातकाे टिमलाई ज्ञानेन्द्र सरकारकाे मा महाप्रसाद पुराएर क्षमापुजा गरेकाेमा धन्यवाद दिईदै काली बाबाले राजा याे देशमा छिटै आाउने छन र पशुपति बिकास काेषका सदस्य सचिव डाक्टर मिलनकुमार थापा छिटै याे देशकाे अर्थमन्त्री बन्ने घाेषणा समेत गर्दै शिलामा पुजा आर्धना गर्नुभएको छ।

नेपाल पशुपतिनाथ र शान्तिका दूत गौतम बुद्धको देश भएको भन्दै कालिबाबाले ८८ हजार ऋषिले तप गरेको भगवान सीता माताको पवित्र भूमीलाई हिन्दु राष्ट्र कायम गर्नु पर्ने धारणा राख्न्दै धर्मगुरु कालि बाबाले आफु अर्को पटक नेपाल फर्किदा हिन्दु राष्ट्र कायम भएको हेर्ने चाहना रहेको बताउनुभयाे ।

भीमसेनलाई पसिना आउँदा देशमा अनेकौं घटना, दुर्घटना र अनिष्ट हुने भएकाले आफु भीमेश्वरको दर्शन र क्षमापूजाकालागि आएको कालि बाबाको भनाई छ । क्षमापूजाका क्रममा नेपालमा शान्ति, समृद्धि तथा भोकमरी, अत्याचार र भ्रष्टाचारको अन्त्यकालागि प्रार्थना गरेको उहाँले बताउनुभयो ।
भारतवाट केही दिनअघि मात्रै नेपाल आएका नेपाली मुलका चर्चित भारतीय धर्मगुरु कालि बाबाले नेपालमा शान्ति, समृद्धि, भाईचारा, एकता र अखण्डता कायम हुनु पर्ने धारणा राख्नुभयो ।
पुर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह र शाह बशंशिय अस्तित्व जाेगाउन बैधानिक तवरले महाप्रसाद पुराई भिमेश्वरमा क्षमा पुजा गराउन सफल भएका सामाजसेवि राजनीतिज्ञ सुन्दर प्रकाश खड्काका कारण कालि बाबाकाे स्वागतमा मन्दिर परिसरमा रहेका राजाका समर्थक स्थानीय नेता तथा कार्यकर्ताहरुले हिन्दु राष्ट्रको पक्षमा नारावाजी गरि राजा आउ देश बचाउ समेतका नारा लगाएका थिए ।

भीमेश्वर मन्दिरको दर्शन तथा पूजाकालागि कालि बाबा मनाङ एयरको हेलिकोप्टर चार्टर गरेर दोलखा आउनुभएको हो । धर्मगुरु कालि बाबा विहान ११ बजे आउने भनिए पनि निकै ढिलोगरी दिउँसो २ बजेर ४६ मिनेटमा मात्रै भीमेश्वर मन्दिर परिसर पुग्नुभएको थियो ।
भैरहवा गएका बाबा काठमाडौं फर्किएर दोलखा आउनुभएको हो । उहाँलाई दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) युवराज खड्का, भीमेश्वर गुठीका अध्यक्ष भरत श्रेष्ठ, चेम्बर अफ कर्मस दाेलखाका अध्यक्ष बिष्णु श्रेष्ठ,राजदरबार भिमेश्वर क्षमापुजा ब्यवस्थापन समितिका अध्यक्ष बिरशंकर शाही,समाजसेवी राजनीतिज्ञ सुन्दर प्रकाश खड्का ,समाजसेवि व्यक्तित्व एवम कानुन ब्यवसायी प्रविण प्रधान , नेपाल रेडक्रस साेसाईटीका मन्त्री भरत प्रधान लगायतले स्वागत गरेका थिए ।

कालि बाबाको साथमा नेपालगञ्ज मेडिकल कलेजका अध्यक्ष एवँ व्यवसायी आनन्द बतास र पशुपति क्षेत्र विकास समितिका सदस्य सचिव डाक्टर मिलनकुमार थापा ,समाजिक अभियान्ता कुमार कार्की पन दोलखा आउनुभएकाे थियोे ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *