आर्थिक अनियमिकता,कर्मचारी भर्तीमा भएकाे चलखेलले आफैं बिरामी छ,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, दोलखा

 पब्लिक संवाददाता      मङ्लबार, साउन २९, २०८१      0

आर्थिक अनियमिकता,कर्मचारी भर्तीमा भएकाे चलखेलले आफैं बिरामी छ,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, दोलखा

दाेलखा २९ साउन।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, दोलखामा भइरहेको व्यापक अनियमितता नेपाल तरुण दल दोलखा र नेपाल विद्यार्थी संघ दोलखाले घाेरभत्सना गरेकाे छ।
स्वास्थ्य जस्तो जटिल क्षेत्रमा गुनासो बढ्दै जानु र सम्बन्धित निकाय गैरजिम्मेवार बन्नु लाजस्पथ विषय हाे ।
कार्यालय प्रमुखकाे व्यवहार र कार्यालयमा गम्भीर प्रकृतिका अनियमितता भएको नेपाल तरूण दल दाेलखाका अध्यक्ष चित्र तमाङ र नेपाल विद्यार्थी संघका अध्यक्ष साैगात थापा द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेखछ ।
आयुर्वेदिक औषधि खरिदमा टेन्डर प्रक्रियाको बेवास्ता गरी मनपरी ढंगले औषधि खरिद गरि आर्थिक अनियमितता गरेकाे युवाहरूले जानकारी दिएकाछन।
कार्यालय भित्र संचालन गरिएको फार्मेसीको पारदर्शीता कायम गरी सेवा प्रवाहमा समेत गुणस्तरीयता कायम गर्न तरूण युवाहरूले अनुरोध गरेकाछन । आर्थिक अनियमिकता छानबिन गरि कार्यालय प्रमुख डाक्टर मनाेज कुमार चाैधरी सहित यसमा संलग्न कर्मचारीलाई कानुनी कार्वाही गर्न तरूणदल र नेविसंघले अपिल गरेकाे छ ।

कार्यालय प्रमुख चाैधरीले कर्मचारी नियुक्तिमा ठुलाे आर्थिक चलखेल गरेकाे नागरिकको आराेपछ। पारदर्शिताको अभाव र मनपरी ढंगले कार्यालका गतिविधि संचालन गरेकाेले तत्काल सच्चिन तरूण युवाहरू जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, दोलखाकाे टिमलाई आग्रह गरेकाछन ।
कर्मचारी छनाेट आपत्तिजनक छ तरूणदल अध्यक्ष चित्र तमाङले भने कर्मचारी व्यवस्थापनमा पारदर्शिता कायम गरी कार्यालयको सुशासन शसक्त रुपमा प्रस्तुत गरिनुपर्छ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट बिरामीहरूले समयमै सेवा पाउन नसकेको र सेवा प्रवाहमा ढिलासुस्ती भएको विज्ञप्तिमा उल्लेख छ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, दोलखाले निशुल्क उपलब्ध गराउनुपर्ने औषधीहरु सेवाग्राहीलाई उपलब्ध नगराएको र सो औषधीहरु आफुअनुकुल व्यक्तिहरुलाई मात्रै उपलब्ध गराउने गरेको समेत गुनासो प्राप्त भएको नेविसंघ दाेलखाले जनाएकाे छ ।सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाइयोस् । नेविसंघ अध्यक्ष साैगात थापाले भने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, दोलखाको आर्थिक कारोबारमा पारदर्शिताको अभाव भएको र आर्थिक अनियमितता भएको यत्रतत्र सुनिएको छ,यसकाे सार्वजनिक नगरे देशकाे कुनै कुनामा सरूवा भएर गएपनि कार्यालय प्रमुखलाई कानुनी दायरमा ल्याउन नेविसंघ दाेलखा लागि पर्नेछ ।
सम्बन्धित निकायले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, दोलखामा भएका सबै प्रकारका अनियमितताको उच्चस्तरीय छानबिन गरियोस् । भौतिक संरचना निर्माणको विषयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सम्बन्धित सरोकारवालाहरुसँग छलफल नगरी बजेट फ्रिज पठाउने जस्ता गतिविधि गर्ने असक्षम कार्यालय प्रमुखलाई कार्वाही गरियोस् ।
यस्ता अनियमितताहरूले जिल्लाका नागरिकहरूले गुणस्तरीय आयुर्वेदिक सेवाबाट वञ्चित हुनुपरेको छ । यसप्रकारका अनियमितताले स्वास्थ्य क्षेत्रमा व्याप्त भ्रष्टाचारलाई प्रोत्साहन गर्दछ र आम नागरिकको विश्वास गुमाउँछ विज्ञप्तिमा उल्लेख छ ।
हाम्रा मागहरूलाई सम्बन्धित निकायहरूले गम्भीरतापूर्वक लिएर आवश्यक कारबाही गर्नेछ भन्ने विश्वास लिएका छौँ । यी विषयहरु गम्भीर रुपमा समाधान नगरे नेपाल तरुण दल दोलखा र नेपाल विद्यार्थी संघ दोलखा सो कार्यालय विरुद्ध आन्दोलनमा उत्रिने र त्यस बाट उत्पन्न हुने असहज परिस्थितको जिम्मेवारी स्वयम् जिल्ला आयुर्वेद अस्पताल दोलखाले लिनुपर्ने नेपाल तरूण दल दाेलखाका अध्यक्ष चित्र तमाङ र नेपाल विद्यार्थी संघका अध्यक्ष साैगात थापा द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेखछ ।
यता जिल्ला आयुर्वेद स्वास्थ केन्द्रका प्रमुख डाक्टर मनाेज कुमार यादवलेआर्थिक अनियमिकताकाे आराेप लगाए पनि आफुबाट अनियमिकता नभएकाे प्रतिकृया दिएकाछन ।

जिल्ला आयुर्वेद स्वास्थ केन्द्रमा पटकपटक आर्थिक अनियमिकता,अौषधी दुरूपयाेग,गुणस्तरीय सेवा प्रदान अभाव जस्ता विषय उठ्ने गरेकाछन ।किन ध्यान जाँदैन सराेकारवाला निकायकाे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *