रक्तदान जीवन दान ,नाम अनुसारकाे काम गर्दै पराेपकार महिला साकाेस

 पब्लिक संवाददाता      मङ्लबार, साउन २९, २०८१      0

पब्लिक समचारदाता

दोलखा २९ साउन। परोपकार महिला बचत तथा ऋण सहकारी संस्था दोलखाले आफ्नो १४ अाै स्थापना दिवसको अबसरमा खुला रक्तदान कार्यक्रम गरेको छ ।
जिल्लाकै उत्कृष्ट सहकारी संस्था घोषित यश संस्था विगत देखि नै समाजिक सेवाका कामहरू गर्दै आएको छ।
महिलाहरु आर्थिक उन्नतिमा फड्को मार्न सफल होस भन्ने उद्येश्यका साथ संस्थाले ५ प्रकारका तालिम संचालन गरीसकिएको संस्थाले जनाएको छ ।
विभिन्न समयमा ,क्रीष्टल माला, डलकुसन, सिलाई,लेडिज व्याग र भेलवेट चप्पल बनाउने तालिम समेत गरेकाेदथियाे ।
।संस्थाले प्रत्येक वर्ष तालिम संचालन गर्दा प्रशिक्षक बाहिराबाट नल्याई आफ्नै शेयर सदस्यबाट गर्ने गरेकाे छ । परोपकार महिला सहकारी जिल्लाकै उत्कृष्ट सहकारीकोरुपमा सम्मानित हुदै आएको छ।

सहकारीले आर्थिक, सामाजिक,शैक्षिक हिंसामा पछि परेका वर्गका महिलाको उन्नति तथा विकासमा पहुँच बढाउने, महिला अधिकारको संरक्षणसँगै पिछडिएका महिलाको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउन, महिलामाथि हुने हिंसा न्यूनिकरणका लागि समाजमा जनचेतना फैलाउने कार्यसमेत गर्दै आएको  अध्यक्ष सर्मिला सापकोटाले बताउनुभयो ।
शेयर सदस्य महिलाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यले वर्षेनी फरक फरक तालिम आयोजना गरिएको हन्छ । तालिम पश्चात सिकेका सीपलाई  उपयोग गरी उद्दमी बन्न चाहनेलाई कम व्याजदरमा ऋण उपलब्ध गराउने साथै उत्पादित वस्तुको बजार व्यवस्थापनमा सहयोग गर्ने पनि संस्थाले जनाएको छ १४ अाै स्थापना दिवसमा सबै भन्दा ठुलाे दान रक्तदान भएकाेले सहकारीका कर्मचारी ,संचालक र शेयर सदस्यहरूले रक्तदान गरिएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयाे ।

महिलाहरु मात्रै सदस्य भएको र महिलाहरुले मात्र व्यवस्थापन गर्दै आएको जिल्ला कै उत्कृष्ट महिला सहकारी संस्थामा हालसम्म  २ हजार १ सय ५० जना   शेयर सदस्य छन् । ७ सय बाल सदस्य रहेकाे छ । सहकारी कि उपाध्यक्ष अप्सरा चाैलागाई भन्नुहुन्छ अ हालसम्म संस्थाको कुल पूँजि १५ करोड ४२ लाख रहेको छ । संस्था स्थापना दिवस तथा सहकारी दिवस लगाएतका दिवसहरुमा मानव सेवाका लागि रक्तदान जस्ता महत्त्वपूर्ण कार्य गर्दै आएका छाै । यसपटक सातदोबाटो चाेकमै खुला रक्तदान कार्यक्रम गरेका हाै,उपाध्यक्ष चाैलागाई ।

नाम अनुसारको पराेपकार गर्दै आएकाे सहरकारीले विभिन्न समयमा गाैरिशंकर  बालगृहका अनाथ, गरिव जेहेन्दार विद्यार्थीहरुलाई स्टेसनरी सामग्री वितरण गरिरहेकाे छ । संस्थाले कोरोना माहामारीबाट मृत्यु भएका सदस्यका परिवार, विपतमा परी धन सम्पती गुमाएका समेतलाइ राहत स्वरुप सहयोग जस्ता सामाजिक कार्यमा संस्थाले निरन्तर सहयोग गर्दै आएकाे छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *