मानव जातिकाे रक्षार्थ धार्मिक ब्यबस्थापन समिति निमार्ण ,समितिकाे अध्यक्षमा विरशंकर शाही

 पब्लिक संवाददाता      आइतवार, साउन २७, २०८१      0

मानव जातिकाे रक्षार्थ धार्मिक ब्यबस्थापन समिति निमार्ण ,समितिकाे अध्यक्षमा विरशंकर शाही
पब्लिक समाचारदाता
दाेलखा २७ साउन।
दाेलखाका समाजसेवि एवम राजनीतिज्ञहरूकाे भेलाले परम्परागत रूपमा भिमेश्वरलाई पसिना आएपछि राष्ट्र ,राष्ट्र प्रमुख र जनताहरूमा क्षति नहाेस भनि शाहबंसीय राजाकाे मा पुराउने गरेकाे महाप्रसाद र क्षमापुजा, ब्याबस्थापन गरी मानव जातिकाे उदार् गर्न विरशंकर शाहीकाे अध्यक्षतामा ११ सदस्यीय समिति निमार्ण गरेकाे छ ।

याे समिति निमार्णले दाेलखामा जिल्लामा अझै शाहबंशिया नेतृत्वको माग गरिरहेकाे साेझै अनुमान गर्न सकिन्छ ।
साे समितिकाे सदस्यहरूमा सुन्दर प्रकाश खड्का,नारायण बहादुर बस्नेत ,केवि खड्का ,कुबेर प्रसाद चाैलागाई,कुमार कार्की ,रामकृष्ण बस्नेत,पाण्डसिंह पाण्डे,महेश खड्का ,मंगलविर तमाङ,तारा बस्नेत ,निशा पाण्डे ,पुरूषाेत केसी,रामचन्द्र खड्का, लिलानाथ सापकोटा रहेकाछन।

आम मानवजाति काे रक्षाकाे लागि परम्परा लाई जिवित राख्दै स्थानीय युवाकाे हैसियतले राजपरिवारमा महाप्रसाद पुराएकाे र तत्काल महाराज धिराजबाट स्विकारगरि क्षमा पूरा पठाई बक्सेकाेमा
अब कुनै पनि अनिष्ट नहुने विश्वास आफुमा रहेकाे युवा समाजसेवी पुरूषाेतम केसीले बताउनुभयो ।

महाप्रसादका रूपमा भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले बुझाउने प्रचलन अनुरूप
राजपरिवारलाई नबुझाउदा देश र जनताकाे कल्याणकाे लागि राम्रो नहुने संकेत देखे पछि स्थानीय वासीले पुर्व राजा ज्ञानेन्द्र विर विक्रम शाह समक्ष महाप्रसाद पुराएपछि लाेककाे कल्याणलागि क्षमापुजा गरेकाे र आगामी दिनमा राजपुजा लगायत विभित्र धार्मिक कार्यक्रम गर्न समिति बनाएकाे पुर्व जिविस सभापति एवम समितीका सदस्य सुन्दर प्रकाश खड्काले जानकारी दिनुभयो ।

जुनसुकै हैसियत र अवस्था रहेपनि नेपाल राष्ट्रको स्वतन्त्रता, अखण्डतामा समर्पित रहने पुर्व राजा ज्ञानेन्द्र शाहलाई स्वतन्त्र राष्ट्र नेपालको माया रहेकाे ईतिहास साक्षी छ समितिका सदस्य पाण्डवसिंह पाण्डेले भन्नुभयो ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *