दीपशंकर चाैलागाई
दोलखा २०साउन |बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकारलाई विकासे अड्डाका रुपमामात्रै हेर्न खोजिएको बताउनुभयाे ।
संविधानले व्याख्या गरेको प्रदेश सरकारलाई संघियतामा सरकारकै भुमिकामा अघि बढाउनुपर्नेमा विकासे अड्डाका रुपमा अर्थ्याउन खोजेको बताउदै मन्त्री काफ्लेले आफुहरुकै पालामा प्रदेश सरकार सरकारकै रुपमा स्थापित गर्दै सहज सेवा प्रवाहामा तल्लीन हुने बताउनुभएकाेछ ।
नेपाली कांग्रेस दोलखाले आईतवार चरिकोटमा आयोजना गरेको बधाई समारोहमा मन्त्री काफ्लेले प्रदेश सरकारका प्रभावकारी संरचना नभएका कारण पनि आम जनमानसमा प्रदेश सरकारप्रति वितृष्णा छाएको भन्दै उक्त वितृष्णा चिरेर प्रदेश सरकार नागरिकमाँझ लोकप्रिय बनाएर लैजान वर्तमान सरकार दृढतापुर्वक लाग्ने घाेषणा गर्नुभयो । उहाँले आम जनमानसमा प्रदेश सरकारप्रतिको वितृष्णा हटाएर संघिय सरकारको नजर नपुगेका ग्रामीण तहका नागरिकको समस्यालाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्ने जानकारी दिनुभयो ।
नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले झण्डै ३० वर्ष पछि दोलखा कांग्रेसले मन्त्री पद प्राप्त गरेको सुनाउदै जनताको मन जित्ने गरि कार्यसम्पादन गर्न मन्त्री काफ्लेलाई अनुरोध गरेका थिए । काफ्ले २०५१ सालमा कांग्रेसका स्वर्गीय नेता भीम बहादुर तामाङ कानुनमन्त्री भए पछिका दोलखाबाट प्रतिनिधित्व गर्नेमा दोस्रो मन्त्री हुन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री काफ्ले दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर ३ का स्थानीय बासिन्दा हुन् । उहा दोलखा प्रदेश क बाट निर्वाचित प्रदेश सांसद हुनुहुन्छ।
Leave a Reply