पुर्व राजा ज्ञानेन्द्र शाहकाे तर्फबाट भिमेश्वरमा क्षमा पुजा,अनिष्ट हट्ने विश्वास

 पब्लिक संवाददाता      शुक्रबार, साउन १८, २०८१      0

पुर्व राजा ज्ञानेन्द्र शाहकाे तर्फबाट भिमेश्वरमा क्षमा पुजा,अनिष्ट हट्ने विश्वास

दीपशंकर चाैलागाई

पब्लिक समाचादाता
दाेलखा १८ साउन। पुर्व राजा ज्ञानेन्द्र विर विक्रम शाहकाे तर्फबाट साेकिय सचिवकाे नेतृत्वमा आएकाे टाेलीले दोलखा जिल्लाको प्राचीन, ऐतिहासिक मन्दिर भीमेश्वर मन्दिरमा आज विधिसम्मत क्षमा पुजा गरेको छ ।


गत साउन ५ गते भिमेश्वरकाे शिलामा पसिना आउदा महाप्रसाद पुर्व राजा ज्ञानेन्द्र विर विक्रम शाहकाे मा नपुराएका कारण क्षमा पुजा नगरेकोले पुन ९ गते पसिना अाएकाे भन्दै दाेलखाली नागरिकले दाेस्रो पटक महाप्रसाद पुराएपछि क्षमा पुजा गरेकाे सचिवालयले जनाएको छ ।

लाेककल्याणकाे लागि, जनताको रक्षाकाे लागि उहाँको हुकुम पछि क्षमा पुरा गरेको उपसचिव दिप बहादुर  श्रेष्ठले बताउनुभयो ।

आम मानवजाति काे रक्षाकाे लागि परम्परा लाई जिवित राख्दै स्थानीय युवाकाे हैसियतले राजपरिवारमा महाप्रसाद पुराएकाे र तत्काल महाराज धिराजबाट स्विकारगरि क्षमा पूरा पठाई बक्सेकाेमा
अब कुनै पनि अनिष्ट नहुने विश्वास आफुमा रहेकाे युवा समाजसेवी पुरूषाेतम केसीले बताउनुभयो ।

राजा ज्ञानेन्द्र विर विक्रम शाहकाे परम्परागत रूपमा राष्ट्र प्रमुखकाे मा शिलामा आएको पसिना पुछेकाे रुवा महाप्रसादका रूपमा भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले बुझाउने प्रचलन अनुरूप यश पटक राष्ट्रपति रामचन्द्र पाैड्याललाई बुझाएको थियाे ।


राजपरिवारलाई नबुझाउदा देश र जनताकाे कल्याणकाे लागि राम्रो नहुने संकेत देखे पछि स्थानीय वासीले पुर्व राजा ज्ञानेन्द्र विर विक्रम शाह समक्ष महाप्रसाद पुराएपछि लाेककाे कल्याणलागि क्षमापुजा गरेकाे पुर्व जिविस सभापति एवम समाजसेवि राजनीतिज्ञ सुन्दर प्रकाश खड्काले दाबि गर्नुभयाे ।

मन्दिरको शिलामा दायाँ तथा बायाँतर्फ पसिना आएमा अनिष्ट हुन्छ भन्ने परम्परा रहेको छ । देशमा हुने परिवर्तन तथा विभिन्न घटनाको पूर्व संकेत गर्ने विश्वास मानिएको छ ।महाप्रसाद पुर्व राजाबाट ग्रहण गरे लगत्तै क्षमापुजा गर्न टाेलि पठाई बक्सेकाे समाजसेवि युवा रामचन्द्र खडकाले जानकारी दिनुभयो ।

 

भगवान भीमसेन कुनै किसिमको परिश्रमजन्य कार्य वा लडाँइमा गएर आउँदा शिलामा पसिना देखिन्छ भन्ने जनविश्वास छ ।त्यसैले उहाँलाई शक्ति प्रदान गर्न क्षमापुजामा गरिएको हाे।अनिष्ट नहाेस भने राजदबार बाट गरिएको क्षमा पुजा हामी सरिक भएका हाै चेम्बर अफ कर्म दाेलखाका कार्यवाहक अध्यक्ष एवम राष्ट्रिय प्रजातन्त्र पार्टी दाेलखाका काेषाध्यक्ष विरशंकर शाहीले बताउनुभयो ।

सातौं शताब्दीदेखि यो मन्दिर अस्तित्वमा रहिआएको किंबदन्ती रहेपनि वि.स १९८४देखि शिलामा पसिना आएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख छ ।

अहिले सम्म दाेलखा भीमेश्वरलाई पसिनाकाे क्रम १९८४,१९९०, १९९७, २००७, २०११, २०१७, २०१८, २०२८, २०३६, २०४५, २०४६, २०५७, २०६१, २०७०/८/३०, २०७०/११/१३, २०७०/११/१९ र २०७८ बैसाख महिना पछि यही साउन ५ र ९ गते आएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले जनाएको छ।

भीमेश्वरमा पसिना आएको थाहा पाएपछि भक्तजनहरु भेला भएर घण्टी बजाउने, धुपबत्ती गर्ने, र बाजागाजा बजाएर शान्तिको कामना गर्ने गरिएकोछ।

 

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *