तान्त्रिक विधि द्वारा लाेककाे कल्याण र शान्तिकाे कामना गर्दै भिमेश्वरमा क्षमा पुजा
दीपशंकर चाैलागाई
पब्लिक समाचारदाता
दाेलखा १६ साउन ।मानव कल्याण तथा विश्व शान्ति काे कामना गर्दै दाेलखाकाे प्रसिद्ध भिमेश्वर मन्दिरमा नेवारी समुदायबाट तान्त्रिक विधि द्वारा आज क्षमापुजा गरिएको छ।
नेवारी परम्पराकाे निरन्तरता दिंदै तान्त्रिक विधि द्वारा ललितपुरकी सामाजिक अभियान्ता माया बैधेले भिमेश्वर मन्दिरमा मानव कल्याण र लाेकमा शान्तिकाे कामना गर्दै मंगलबार बेलुका देखि बुधबार दिनभर अखण्ड हवन, रूद्री , हाेम लगाई क्षमा पुजा गर्नुभएकाेछ।
भिमेश्वरकाे शिलामा पसिना आाउदा मुलुकमा केही परिवर्तनका सुचकहरू देखिने कारण मानवकाे रक्षार्थ लागि भिमेश्वर ठाकुर लाई थप शक्ति प्नाप्त हाेस भनेर क्षमा पुजा गर्ने प्रचलन रहेकाे बरिस्ठ कलाकार प्राज्ञ मदनदास श्रेष्ठले जानकारी दिनुभयो ।शिलामा पसिना अाएपछि राष्ट्र ,राष्ट्र प्रमुख र जनतामा कुनै क्षति नहाेस भन्ने कामना गर्दै राष्ट्र प्रमुखकाे तर्फबाट प्रसिद्ध भिमेश्वर मन्दिरमा क्षमापुजा गर्ने परम्परा रहेकाेले यसपटक पनि पुजा गरिएको छ ।त्यसको लगत्तै आज नेवारी तान्त्रिक विधिले पाटन निवासी माया वैधकाे टाेलीले क्षमा पुजा गरेकाे प्राज्ञ श्रेष्ठले बताउनुभयो ।
पसिना आएपछि स्वादेश तथा विदेशमा रहेकाे सम्पूर्ण नागरिकको तर्फबाट क्षमापुजा गर्ने प्रचलन छ।राष्ट्र लाई शुभ हाेस,भन्दै शान्ति कामना गरि क्षमापुजा गर्दा स्वयम् भिमेश्वर महाराजलाई बल पुग्ने र नागरिककाे सुरक्षा हुने विश्वास रहेकाे नाट्य कलाकार एवम प्राज्ञ पुष्कर गुरूङले बताउनुभयाे । भिमेश्वरकाे शक्तिमा केही असर परेर मात्र पसिना आएकाे हाे प्राज्ञ गुरूङले दाबि गर्नुभएको छ ।
मानव लाेकमा क्षति कम गर्न बल प्रयाेग गर्दा भिमसेनलाई पसिना अाएकाे धार्मिक विश्वास रहेकाे भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताउनुभयो ।दाेलखा भिमेश्वर लाई १९९४ साल देखि हालसम्म २२ पटक पसिना आएकाे तथ्यांक भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले सार्वजनिक गरेको छ। पसिना आएपछि राष्ट्र र जनतामा केही सकारात्मक ,त केही नकारात्मक परिवर्तन काे अबस्था झेल्नुपरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यसपटक पसिना आएपछि राष्ट्रपतिबाट एउटा संकल्प पठाई राष्ट्रका र जनतालाई दुख कष्ट नहाेस,पीडा माेक्षे गर्ने शक्ति भिमेश्वरले प्रदान गरून भनेर राष्ट्रपति कार्यालयबाट प्रतिनिधि हरू आई क्षमा पुजा गरेकाे भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितीका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
भगवान भीमसेन कुनै किसिमको परिश्रमजन्य कार्य वा लडाँइमा गएर आउँदा शिलामा पसिना देखिन्छ भन्ने जनविश्वास छ ।यस बर्ष साउन ५ र साउन ९ गते भिमेश्वरलाई पसिना आएकाे थियो।सातौं शताब्दीदेखि यो मन्दिर अस्तित्वमा रहिआएको किंबदन्ती रहेपनि वि.स १९८४ देखि शिलामा पसिना आएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख छ । अहिले सम्म दाेलखा भीमेश्वरलाई पसिनाकाे क्रम १९८४, १९९०, १९९७, २००७, २०११, २०१७, २०१८, २०२८, २०३६, २०४५, २०४६, २०५७, २०६१, २०७०/८/३०, २०७०/११/१३, २०७०/११/१९ र २०७८ बैसाख महिना पछि २०८१ साउन ५ र २०८१ साउन ९ गते शिलामा पसिना आएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले जनाएको छ ।
Leave a Reply