राष्ट्रपति कार्यालयका प्रतिनिधि द्वारा भिमेश्वरमा क्षमा पुजा

 पब्लिक संवाददाता      शुक्रबार, साउन ११, २०८१      0

राष्ट्रपति कार्यालयका प्रतिनिधि द्वारा भिमेश्वरमा क्षमा पुजा

दीपशंकर चाैलागाई
पब्लिक समाचारदाता
दाेलखा ११ साउन ।राष्ट्र ,राष्ट्र प्रमुख र जनतामा कुनै क्षति नहाेस भन्ने कामना गर्दै राष्ट्र प्रमुखकाे तर्फबाट दाेलखाकाे प्रसिद्ध भिमेश्वर मन्दिरमा आज क्षमापुजा गरिएको छ।

राष्ट्रपति कार्यालयका सहसचिव कृष्णप्रसाद लम्साल
काे नेतृत्वमा आएकाे टाेलीलेले भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समिति र स्थानीय प्रशासनकाे समन्वयमा रूद्री तथा हाेम लगाई क्षमा पुजा गरेकाे हाे ।
किंवदन्ती अनुसार भिमेश्वरलाई पसिना आएपछि राष्ट्रमा केही अप्रिय घटना हुन्छ कि भनेर क्षमा पुजा गर्ने प्रचलन रहेको छ ।राष्ट्रपति रामचन्द्र पाैड्यालले एउटा संकल्प पठाउनु भएकाेछ,संकल्प हस्तान्तरण गर्नकाे लागि हामी प्रतिनिधि पात्रकाे रूपमा उपस्थित भएका छाै उपसचिव सुशील तिमल्सिनाले भन्नुभयो ।राष्ट्रका सम्पूर्ण जनतालाई दुख कष्ट नहाेस,पीडा माेक्षे गर्ने शक्ति भिमेश्वरले प्रदान गरून भनेर पुजा गरेकाे राष्ट्रपति कार्यालयका उपसचिव तिमल्सिनाले बताउनुभयो ।

दाेलखा भिमेश्वर लाई १९९४ साल देखि हालसम्म २२ पटक पसिना आएकाे तथ्यांक भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले सार्वजनिक गरेको छ। पसिना आएपछि राष्ट्र र जनतामा केही सकारात्मक ,त केही नकारात्मक परिवर्तन काे अबस्था झेल्नुपरेको किंवदन्ती रहेकाे छ।मुलुक परिवर्तन आएको दाबप गरिदै आएका छ। पसिना आउने बितिकै राष्ट्र ,राष्ट्र प्रमुख र जनतामा कुनै पनि क्षति नहाेस भनेर पसिना पुछेकाे रुवा राष्ट्र प्रमुखकाे मा पुराए पछि क्षमापुजा गर्ने प्रचलन रही आएकाे छ।
राष्ट्रपति कार्यालय बाट दुई वटा बाेका सहित विभिन्न पुजाकाे सामग्रीहरू ल्याई १४ जना गुरूपुराेहितहरू बाट रूद्री पाठ गराईएकाे छ ।सर्वसाधारण नागरिकको तर्फबाट भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले क्षमा पुजा गरेकाे भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका सदस्य ज्ञानेन्द्र प्रधानले बताउनुभयो ।

यस बर्ष साउन ५ र साउन ९ गते भिमेश्वरलाई पसिना आएकाे थियोे । पसिना आएपछि क्षमापुजा गर्ने प्रचलन छ।राष्ट्र लाई शुभ हाेस,भन्दै शान्ति कामना गरि अहिले क्षमापुजा भई रहेको छ।पसिना पुछेकाे कपास महाप्रसादका रूपमा राष्ट्र प्रमुखले ग्रहण गरेपछि साईत हेरर आज क्षमापुजा गरेकाे दाेलखाका प्रमुख जिल्ला अधिकारी टुवाराज पाेखरेलले जानकारी दिनुभयाे ।यस पुजाकाे लागि सम्पूर्ण खर्च सरकारले गरेकाे प्रजिअ पाेखरेले बताउनुभयो ।शिलाको दायाँतिर पसिना आउँदा तत्कालिन राजपरिवार तथा राष्ट्र प्रमुखमा तथा बाँयातिर पसिना आउँदा जनतामा दुःख कष्ट आईपर्ने विश्वास रहिआएको छ । शिलाको सबैतिर पसिना आउँदा राष्ट्र प्रमुखदेखि नागरिकसम्म असर पर्ने खालको घटनाको पूर्वसंकेत मानिने विश्वास छ । यश बर्ष दायाँबायाँ र शिरबाट समेत पसिना आएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभयो ।भगवान भीमसेन कुनै किसिमको परिश्रमजन्य कार्य वा लडाँइमा गएर आउँदा शिलामा पसिना देखिन्छ भन्ने जनविश्वास छ ।

सातौं शताब्दीदेखि यो मन्दिर अस्तित्वमा रहिआएको किंबदन्ती रहेपनि वि.स १९९० देखि शिलामा पसिना आएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख छ । अहिले सम्म दाेलखा भीमेश्वरलाई पसिनाकाे क्रम १९९०, १९९७, २००७, २०११, २०१७, २०१८, २०२८, २०३६, २०४५, २०४६, २०५७, २०६१, २०७०/८/३०, २०७०/११/१३, २०७०/११/१९ र २०७८ बैसाख महिना पछि २०८१ साउन ५ गते र पुन साउन ९ शिलामा पसिना आएको
भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले जनाएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *