दाेलखाकाे पाँडुडाँडा र सुन्द्रावतीमा वृक्षरोपण गर्दै नेपाली कांग्रेस दाेलखा र जय नेपाल फाउन्डेसनले बिपीलाई सम्झियाे

 पब्लिक संवाददाता      आइतवार, साउन ६, २०८१      0

दाेलखाकाे पाँडुडाँडा र सुन्द्रावतीमा वृक्षरोपण गर्दै नेपाली कांग्रेस दाेलखा र जय नेपाल फाउन्डेसनले बिपीलाई सम्झियाे

दाेलखा ६ साउन ।प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी नेपाली कांग्रेस दाेलखाले प्रदेश न १ (क )काे बैत्यश्वर र जय नेपाल फाउन्डेसन भिमेश्वर नगरले प्रदेश नं २(ख) काे सुन्द्रावतीमा बृक्षाराेपण गर्दै ४२औँ स्मृति दिवस मनाएको छ ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको वि.सं. २०३९ साउन ६ गते निधन भएकोले उहाँको स्मरण गर्दै बृक्षाराेपण गरेकाे नेपाली कांग्रेस दाेलखााका उपसभापति छवि लाामाले बताउनुभयो ।
महामानव बिपिकाे राजनैतिक आदर्शलाई आत्मसात गर्दै आफुहरूले जिल्लामा राजनैति,आर्थिक ,विकास गतिविधि अगाडि बढाएकाे बैत्यश्वर गाउँपालिका का अध्यक्ष समेत रहेकाे कांग्रेस उपसभापति लामाले दाबि गर्नुभयो । वैतेश्वर गाउँपालिकाको मुख्य कार्यालय पाँडुडाँडामा वृक्षरोपण गरिएको छ्।

यता जय नेपाल फाउन्डेसन भिमेश्वर नगरका अयाेजनामा भएको पवित्र धार्मिक स्थल सुन्द्रावती मन्दिर परिसरमा सरसफाइ तथा बृक्षाराेपण गर्दै नेपाली कांग्रेस दाेलखाका प्रबक्ता एवम जय नेपाल फाउन्डेसन दाेलखाका अध्यक्ष राकेश श्रेष्ठले कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका बताउनुभयो ।श्रेष्ठले भन्नुभयो प्रधानमन्त्रीत्वकालमा बिपिले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाउनुभएकाे थियोे । विपिकाे समाजवादी आदर्शलाई संसारले कहिलेै बिर्सने छैन उहाले भन्नुभयाे ।
जय नेपाल फाउन्डेसन भिमेश्वर नगर समितिका अध्यक्ष रामहरि शिवाकोटी काे सभापति भएकाे विपिकाे ४२औँ स्मृति दिवसमा कार्यक्रमा नेपाली कांग्रेस दोलखाको पार्टी प्रबक्ता एबं फाउन्डेसनका जिल्ला संयोजक राकेश श्रेष्ठ ,नेपाल प्रजातन्त्र सेनानी संघ दोलखा अध्यक्ष प्रदिप मान्नधर , नेपाल तरुण दल केन्द्रीय सदस्य भिम खड्का , नेबिसंघ दोलखाको अध्यक्ष सौगात थापा,नेपाली कांग्रेसका युवा नेता कृष्ण सिवाकोटी लगाएतको विशेष उपस्थिति रहेको थियो।
वैतेश्वर गाउँपालिकाको पाँडुडाँडामा गरिएको वृक्षरोपण कार्यक्रममा कांग्रेस वैतेश्वरका पार्टी उपसभापति मनिक तामाङ,कांग्रेस नेता बम बहादुर तामाङ,वडा अध्यक्ष एवं कांग्रेसनेताहरु असोक तामाङ,कमल अधिकारी,कांग्रेस वैतेश्वरका पार्टी सचिव यादव तामाङ,किरण तामाङ,वडा सभापति ढाल बहादुर कार्की,त्रीपुरा क्याम्पस वैतेश्वरका स्ववियु सभापति सरोज थापा,नेपाल प्रेस युनियन दोलखाका सचिव एवं पत्रकार सुबास बस्नेत लगायत कांग्रेस वैतेश्वरका विभिन्न नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियोे ।
कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो। वि.सं. २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *