पब्लिक समाचारदाता
दाेलखन ६ साउन। जापानमा हृदयघातबाट निधन भएका विवेक चिमोरियाको परिवारलाई दाेलखा समाज जापानले आर्थिक सहयोग गरिएको छ ।
दोलखा गौरीशङ्कर गाउँपालिका–२ जुँगुका २२ वर्षीय विवेक चिमोरियाको परिवारलाई दोलखा समाज
जापानले जापानमा रहनुभएका नेपालीहरुबाट सङ्कलन गरिएको १३ लाख २१ हजार रुपैयाँले सहयोग गरेको हो ।
जापान गएको दुुई महिनामै विवेकको हृदयघातबाट निधन भए पछि मृतकको परिवारलाई दोलखा समाज जापान, जापानमा रहेको विभिन्न संघसंस्था, दोलखा समाज क्यूसीयुु क्षेत्रीय समिति फुकुुवका, ओसाका युनिटी, एनआरएन जापान र दौतरी जापानसहित कामको सिलसिलामा जापानमा रहनुभएका नेपालीहरुबाट सङ्कलन गरिएको साे रकम दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल र दोलखा जिल्ला निर्माण व्यवसायी संघका अध्यक्ष राजेश थापाले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको छ ।
प्रमुख जिल्ला अधिकारी पोखरेल र संघका अध्यक्ष थापाले मृतकको बुुबा हरिलाल चिमोरियालाई उक्त रकम हस्तान्तरण गर्नु भएको हो । मृतक चिमोरियाको अन्त्यष्टिको लागि रकम संकलन गरी उनको बुुबालाई उपलब्ध गराईएको दोलखा समाज जापानका अध्यक्ष रोशन थापाले बताउनुु भयो ।
त्यसैगरी आज नै दक्षिण कोरियामा रहनु भएका रामचन्द्र पाण्डे, दिपक दाहाल लगायतले सङ्कलन गर्नु भएको चार लाख २६ हजार रुपैयाँ रकम भवानी पाण्डेले मृतकको बुुबा हरिलाल चिमोरियालाई हस्तान्तरण गर्नुभएको छ ।
दोलखा समाज जापानले भुकम्प परि पिडित भएका नागरिक ,काेभिड बाट आक्रान्त भएका दाेलखाली र उपचार गराउन नसकेका दिर्घराेगीहरूलाई दाेलखा समाज जापानले सहयाेग गर्दै आएकाे अध्यक्ष रोशन थापाले बताउनुु भयो ।
स्यालुट छ दाेलखाली नागरिकको तर्फबाट दोलखा समाज जापान र दक्षिण कोरियामा रहनु भएका नेपाली नागरिकलाई ।
Leave a Reply