नीति तथा कार्यक्रम र बजेट जनपक्षिय भएकाे प्रजिअ पाेखरेलकाे दाबि,नगरकाे खुलेर प्रशंसा

 पब्लिक संवाददाता      सोमवार, असार ३१, २०८१      0

नीति तथा कार्यक्रम र बजेट जनपक्षिय भएकाे प्रजिअ पाेखरेलकाे दाबि,नगरकाे खुलेर प्रशंसा

पब्लिक समाचारदाता

दाेलखा ३१ असार ।दोलखाको भीमेश्वर नगरपालिकाले वार्षिक कार्यक्रम पुस्तिका सार्वजनिक गरेको छ ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल .नगर प्रमुख ईश्वरनारायण मानन्धर, उपप्रमुख कमला बस्नेतले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट समेटिएको किताब संयुक्तरूपमा लाेकार्पण गर्नुभएको छ ।
सर्वसाधारण नागरिक र वडाका जनप्रतिनिधिकाे भावनाकाे उच्च सम्मान गर्दै जनपक्षीय बजेट तथा कार्यक्रम ल्याई पुस्तकमा दस्तावेज गरेकाेमा
कार्यक्रमका प्रमुख अतिथि दाेलखा प्रमुख जिल्ला अधिकारी टुवाराज पाेखरेलले खुलेर तारिफ गर्नुभयो ।
आगामी वर्ष सञ्चालित कार्यक्रमहरुबाट भीमेश्वर नगरपालिकाको बृहत गुरु योजना अनुरुपको कृषि, पशुपालन, पर्यटन र दिगो पूर्बाधार, शिक्षा, स्वास्थ्य र संस्कतिले समुन्नत भीमेश्वर बनाउन छानिएका यि याेजनाहरू काेषेढुङ्गा सावित हुने छन मानन्धरले भन्नुभयो ।
नगरपालिका काे विकासकाे लागि धेरै नागरिककाे सुझाव लिएर स्थलगत निरिक्षण पछि आर्थिक वर्ष २०८१/०८२ को वार्षिक योजना ल्याईएकाे कारण भिमेश्वरवासी आर्थिक सम्वृद्धी महत्त्वपूर्ण भुमिका खेल्ने नगर उपप्रमुख कमला बस्नेतले दाबि गर्नुभएको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट बक्तव्य, आर्थिक ऐन, विनियोजन ऐन लगायत वित्तीय तथ्यांकहरु सम्बन्धमा नगरवासीलाई जानकारी प्राप्त गर्न सहज हाेस् भन्ने उदेश्य पुस्तक निमार्ण गरेकाे प्रमुुख प्रशासकीय अधिकृत विशकसेन ढकालले बताउनुभयो ।

आगामी आर्थिक वर्षका लागि ८८ करोड ९ लाख ८४ हजार बजेट विनियोजन गरेको भीमेश्वर नगरपालिकाले आर्थिक विकासतर्फ ४० करोड, ५४ लाख ५३ हजार रुपैयाँ बजेट छुट्याएको छ । यस्तै, पूर्बाधार विकासतर्फ २८ करोड ९३ लाख ५४ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ २ करोड ८५ लाख २६ हजार रुपैयाँ विनियोजन गरिएको प्रमुुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो ।

भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ १० करोड ४८ लाख २० हजार बजेट छुट्याएको ढकालले बताउनुभयो ।

नगर प्रमुख मानन्धरकाे अध्यक्षता भएकाे कार्यक्रमलाई नेपाली कांग्रेसका नेता रूद्र जंग बुढाथोकी ,नेकपा एमालेका नेता भाेला खतिवडा ,नेकपा माओवादी केन्द्रका नेता अजय प्रधान,नगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत विशकसेन ढकाल,नेपाल पत्रकार महासंघ दाेलखा अध्यक्ष दीपशंकर चाैलागाई लगायतले सम्बाेधन गर्नुभएको छ ।

नगरपालिकाका जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रमुख एबम् प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *