पब्लिक समाचारदाता
दाेलखा ३१ असार । भीमेश्वर नगरपालिका पूर्ण खोप दिगोपना तथा सुनिश्चितता नगरपालिका घोषणा भएको छ ।
नगर भित्र रहेका सम्पूर्ण बालबालिकाहरुले आवश्यक सबै प्रकारका खोप प्राप्त गरेकोले नगरलाई पूर्ण खोप दिगोपना तथा सुनिश्चितता नगरपालिका घोषणा गरिएको नगर प्रमुख ईश्वर नारायण मानन्धरले बताउनु भयो ।
जिल्ला रहेका सराेकारवालाहरूकाे उपस्थितिमा नगरप्रमुख मानन्धरले नगरलाई पूर्ण खोप दिगोपना तथा सुनिश्चितता नगरपालिका घोषणा गर्नु भएको हो ।
खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार तथा सुदृढीकरण गरी गुणस्तरीय खोप सेवालाई निरन्तरता दिईएकोले हरेक बर्ष झै नियमितरूपमा यस बर्ष पनि नगरलाई पूर्ण खोप दिगोपना तथा सुनिश्चितता नगर घोषणा गरिएको भिमेश्वर नगरपालिका का स्वास्थ्य प्रमुख श्याम खड्काले जानकारी दिनुभयो ।
खड्काले भन्नु भयाे भीमेश्वर नगरपालिकाको स्वास्थ्य शाखाले ९ वटै वडामा गरेको सर्वेक्षणमा जन्मेदेखि १५ महिना मुनिका चार सय ७८ जना बालबालिका र १६ महिना देखि ५ वर्ष मुनिका सबै एक हजार तीन सय ९४ जना बालबालिकाले पाउनुपर्ने पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि पूर्ण खोप दिगोपना तथा सुनिश्चितता नगरपालिका घोषणा गरिएको हाे ।
Leave a Reply