पब्लिक समाचादाता
दाेलखा २३ असार।
पूर्व राजा ज्ञानेन्द्र शाहको जन्मदिन अवसर राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम दाेलखाका लाेकप्रिय नेता सुन्दर प्रकाश खड्काकाे नेतृत्व टाेलीले भिमेश्वर मन्दिरमा पुराेहित पढाइ जन्माेत्सव मनाएकाछन।
शाहकाे ७७औँ जन्मदिन परेको खड्का नेतृत्वको टाेलीले गुरूपुराेहित ,याेगीहरूलाई दक्षिणा प्रदान गर्दै मिठान्न भाेजन गराएकाे राप्रपा नेता विरशंकर शाही जानकारी दिएकाछन । उहाँ तस्बिर बाेकी नागरिकले राजा आउ देश बचाउ भन्दै भिमसेन संग पुकार समेत गरेका थिए।
लोकतन्त्र आउनुअघि राजाको जन्मदिनमा सार्वजनिक बिदा हुने गर्दथ्यो । तर २०६२–६३ को जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले उक्त अधिकार कटौती गरेको राप्रपाका नेता एवम जिल्ला विकास समिति दाेलखाका पुर्व सभापति सुन्दर प्रकाश खड्काले बताए।
ज्ञानेन्द्र शाह महेन्द्रको दोस्रो छोराको रूपमा काठमाडौं, पुरानो नारायणहिटी राजदरबारमा जन्मिएका थिए। उनको जन्मपछि उनका पितालाई राजज्योतिषहरुले नव शिशुलाई सँगै राख्दा नराम्रो हुन सक्छ भनेकाले उनी मामाघरमा हुर्के। २००७ को राजनीतिक घटनाको समयमा उनका पिता र हजुरबुवा र अन्य राजपरिवार सदस्यहरू भारतमा शरण लिएको बेलामा बालक राजकुमार ज्ञानेन्द्र मात्र नेपालमा रहेकाले राजाभएका थिए।
प्रजातान्त्रिक शासन व्यवस्थाको माग गर्दै एक भएका राजनीतिक दलले वि.सं. २०६२र०६३ मा लोकतान्त्रिक आन्दोलन मार्फत प्रजातान्त्रिक शासन व्यवस्था पुनर्स्थापना गर्दै राजतन्त्रको अन्त्य गरी गणतन्त्रको घोषणा गरेपछि उनी नेपालको अन्तिम राजा बन्न पुगेका हुन् ।
अन्तरिम संसदले संविधान सभा बन्नु अघि नै देशमा गणतन्त्र आइसकेको र संविधानसभाको पहिलो बैठकबाट अनुमोदन गराउने घोषणा गरेको थियो। सोही आदेशलाई पछ्याउँदै संविधान सभाको पहिलो बैठकले वि.सं. २०६५ साल जेष्ठ १५ गतेको दिन नेपाललाई गणतन्त्र भएको घोषणा अनुमोदन गर्यो। यसपछि शाह औपचारिक रूपमा राजाबाट हटेका हुन्।
Leave a Reply