भौतिक पूर्वाधार कार्यालयका दुई सुपरभाइजर नगद ८० हजार सहित पक्राउ

 पब्लिक संवाददाता      शनिबार, असार २२, २०८१      0

दाेलखा २२ असार ।बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत चरिकोटस्थित भौतिक पूर्वाधार कार्यालयका दुई जना सुपरभाइजरलाई प्रहरीले नगद ८० हजार रुपैयाँसहित पक्राउ गरेको छ।

दोलखा प्रहरीले शंकास्पद रकमसहित करारका दुई जना कर्मचारीलाई पक्राउ गरेको हाे।

पक्राउ पर्नेमा सुपरफाइजरहरु दोलखा जिल्ला जिरी नगरपालिका–५ का अन्दाजी ३६ वर्षीय सुम्बा शेर्पा र कालिञ्चोक गाउँपालिकाका–८ का अन्दाजी ३५ वर्षीय नहकुल शिवाकोटी रहेका छन् ।

हिजो साँझ चरिकोटस्थित होटल एम्ब्रोसियाबाट पक्राउ परेका हुन । उनीहरुको साथबाट नगद ८० हजार बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम लामाको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार स्थानीय एक निर्माण व्यवसायीबाट विकास निर्माण निर्माणको योजनाको बिल भुक्तानी मिलाइदिने भन्दै शेर्पा र शिवकोटीले घुसबापत रकम लिएको  सूचना पाएको बताएका छन । पूर्वाधार मन्त्रालयबाट सिंगटी बजारको निर्माणका लागि १० लाख बजेट परेको र सो सडक निर्माणको काम गरेका विगु गाउँपालिका–३ का लाल्साङ तामाङबाट सुपरभाइजरहरुले घुसबापत रकम लिएको बताइएको छ । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *