पब्लिक संवाददाता
शनिबार, असार १५, २०८१
0

पब्लिक समाचारदाता
दाेलखा – १५ असार ,
असार १५ धान दिवसको उपलक्ष्यमा भिमेश्वर नगरपालिका मा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ ।
भिमेश्वर नगरपालिका द्वारा आयोजित रोपाइँ कार्यक्रममा नगर प्रमुख ईश्वर मानन्धर ,उप प्रमुख कमला बस्नेत , सरकारी उच्च पदस्थ कर्मचारी र स्थानीय नागरिकको सहभागीता रहेकाे छ ।
२१ औं राष्ट्रिय दिवस ” जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धी” भन्ने नारा साथ भिमेश्वर नगरपालीकाको आर्थिक सहयोग र माटो कृषक समुह भिमेश्वर नगरपालीका वडा नम्बर ६ ले , सदरमुकाम नजिकै रामकोटमा राष्ट्रिय धान दिवस तथा
रोपाइँ कार्यक्रम संचालन गरेकाे छ ।
राेपाईकाे शुभारम्भ गर्दै भिमेश्वरका मेयर मानन्धरले धान उत्पादनलाई प्रोत्साहन दिन संकेतका रूपमा रोपाइँमा सहभागी भएको बताउनुभयाे ।
दाेलखा जिल्ला मात्र नभई समग्र मुलुककाे आर्थिक उन्नयनकाे लागि धनखेती गर्ने तरिकालाई आधुनिकिकरण गर्दै व्यापक बनाउन आवश्यक रहेकाे उप प्रमुख कमला बस्नेतले बताउदै भन्नुभयो कृषि पेशा, श्रमको सम्मान गर्ने संस्कृति भित्र्याउन जरुरी छ।
राेपाईका सहभागी दाेलखा चेम्बर अफ कर्मसका बरिस्ठ उपाध्यक्ष रूद्र जंग बुढाथोकीले कृषक मुखी कार्यक्रम ल्याई सरकारले अहिले देशमा भएकाे आर्थिक मन्दीलाई निरूसाहित गर्न अपिल गर्नुभयो । स्थानीय सरकारले कृषककाे हित काम गरिरहेकाले ,राेपाईमा खुशी साट्न आएकाे स्थानीय भिमसेन न्याैपानेले बताउनुभयाे ।
राेपाईमा वडा नम्बर ६ का अध्यक्ष नवीन लामा, भिमेश्वर नगरका कृषि शाखाका कर्मचारी , स्थानीय नागरिककाे उल्लेख्य उपस्थित रहेकाे छ।
रोपाइँ पछि दही चिउरा खाने कार्यक्रम गरिएकाे छ ।
Leave a Reply